मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनअारएन टेक्सस च्याप्टरमा द्रोण गाैतमको उम्मेदवारी घोषणा

एनअारएन टेक्सस च्याप्टरमा द्रोण गाैतमको उम्मेदवारी घोषणा


हिमालयखबर संबाददाता-
हुस्टन (टेक्सस) – एनआरएनए अमेरिकाको टेक्सस च्याप्टर अध्यक्षमा हुस्टनका द्रोण गैातमले उम्मेदवारी घोषणा गरेका छन् । 
 
वर्तमान कार्यकालमा च्याप्टर उपाध्यक्ष रहेका गैातमले सोमबार स्थानीय समुदायबीच अाैपचारिक रूपमा अाफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । उनले अाफू निर्वाचित भएपछि गर्ने कार्यहरूका बारेमा समेत फेहरिस्त प्रस्तुत गरेका छन्। 
 
टेक्सस एनअारएन अमेरिकाको दोस्रो बढी सदस्य रहेको राज्य हो । उनले च्याप्टरको अगुवाईमा टेक्ससमा रहेका सबै नेपाली संघसंस्थाहरुको सम्मेलन गर्ने र आपसी सहकार्यमा जोड दिने बताएका छन्। यसैगरी टेक्सस च्याप्टरले हाल जारी राखेको नेपाली भाषामा ड्राइभिङ्ग लाइसेन्सको परिक्षा दिने व्यवस्था कार्यान्वयन गर्न राज्यसँगको समन्वयलाई निरन्तरता दिने, आकस्मिक कोष स्थापनाको कामलाई टुंगोसम्म पुर्याउने, च्याप्टरसँगको सहकार्य स्थानीय सम्पर्क कार्यालय राख्न जोड गर्ने, नेपालीहरुको लागि रोजगारी समन्वय संयन्त्र बनाउने लगाएतका योजना सार्वजनिक गरेका छन्। 
 
उनले उम्मेदवारी घोषणा गरेपनि सहमति र सहकार्यका लागि सधै तत्पर रहेको बताए । अाफू उपाध्यक्ष भएका कारण स्वभाविक रूपमा अध्यक्षको दावेदार भएको उनको भनाइ थियो । 
 
कार्यक्रममा नेप्लिज एशोसियसन अफ हुस्टनका अध्यक्ष डा. विष्णु नेपाल, सल्लाहकारहरू तारा बराल, दिनकर अमात्य, एनएएचका संस्थापक अध्यक्ष डा. राजेन्द्र श्रेष्ठ, व्यवसायी ज्ञानेश्वर श्रेष्ठ, एशोसियसन अफ नेपाली तराएन इन अमेरिका (एन्टा) ह्युस्टनका अध्यक्ष कौशल झा, गुल्मी समाज ह्युस्टनका अध्यक्ष भिष्म मरासिनी, नेप्लिज हेरिटेज यूनियनका कार्यबाहक अध्यक्ष बावुराम बस्याल, क्रियटिभ नेप्लिज सोसाइटी (सिएनएस) का प्रतिनिधी लगाएतले आफ्नो बिचार राख्दै गौतमको उम्मेदवारी र जीतका लागि समेत सम्पूर्ण ह्युस्टनवासी नेपाली समुदायले सघाउनु पर्नेमा जोड दिएका थिए।