मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

भरतपुर अस्पताललाई अनुसन्धान केन्द्र बनाउन जोड

भरतपुर अस्पताललाई अनुसन्धान केन्द्र बनाउन जोड


प्रतिनिधिसभा कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले भरतपुर अस्पताललाई अनुसन्धान केन्द्रका रुपमा विकास गर्नुपर्ने आवश्यकतामाथि जोड दिएका छन् । 
 
अस्पतालको ५६औँ वार्षिकोत्सव समारोहका अवसरमा उनले भने, “अस्पतालको स्तर वृद्धिसँगै सेवासुविधालाई गुणस्तरीय बनाउन सक्नुपर्दछ ।”
 
सभापति पोख्रेलले नेपालको संविधानमा शिक्षा, स्वास्थ्य र रोजगारीलाई आधारभूत अधिकारभित्र राखेको चर्चागर्दै अस्पतालले धनी गरीब सबै नागरिकलाई गुणस्तरीय सेवा दिनुपर्ने बताए । 
 
प्रतिनिधिसभा सदस्य उमा रेग्मीले अस्पतालको विकासका लागि सबै एक भएर लाग्नु आवश्यक रहेको बताउँदै यो अस्पताललाई शैक्षिक प्रतिष्ठानसँगै अध्ययन अनुसन्धान केन्द्रकै रुपमा बनाउनुपर्नेमा जोड दिइन् । 
 
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्ण पौडेलले अस्पतालले वैशाखदेखि अनलाइन टिकटको व्यवस्था गर्न लागेको बताउँदै नवजात शिशुका लागि कंगारु मदर केयर सेवासमेत अस्पतालले सुरुवात गरेको जानकारी दिए । 
 
भरतपुर अस्पतालका अध्यक्ष खिमलाल भण्डारीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला नेता तेजेन्द्र खड्का, नेपाली काङ्ग्रेस चितवनका जिल्ला सचिव उत्तम जोशी, मधेशी जनाधिकार फोरमका जिल्ला अध्यक्ष प्रेम भुुजेल, राजपाका जिल्ला अध्यक्ष प्रेमकुमार श्रेष्ठ, अस्पतालका वरिष्ठ फिजिसियन डा विजय पौडेल लगायतले अस्पतालले प्रदान गर्ने सेवासुविधाका विविध पक्षमाथि प्रकाश पारेका थिए ।