मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

हेटौँडा–काठमाडौँ सडकले गिज्यायो : मुख्यमन्त्री

हेटौँडा–काठमाडौँ सडकले गिज्यायो : मुख्यमन्त्री


प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडा–काठमाडौँ सडकखण्डमा अपेक्षित काम नहुँदा सो सडकले गिज्याएको बताएका छन् । 
 
प्रदेशसभाको सोमबारको बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री पौडेलले सरकार आफैँले सडक स्तरोन्नति गर्न खोज्दा पनि विवरण पाउन नसकेको पीडा पोखे ।
 
हेटौँडा–काठमाडौँ सडकखण्डको विषयमा प्रदेश सरकारले बेवास्ता गरेको गुनासो आएपछि मुख्यमन्त्री पौडेलले निर्माण कम्पनीसँग सिस्नेरी सडकको विवरण मागे पनि विवरण पाउन नसकेको दुखेसो पोखेका हुन् । 
 
हेटौँडाबाट फाखेल हुँदै काठमाडौँ जाने सडकखण्ड तीन खण्डमा विभाजन गरेर निर्माण कम्पनीलाई ठेक्का दिइएकोमा सुरुङमार्ग देशकै विकासको मेरुदण्ड भएको भन्दै पहिले सुरुङ मार्ग बनाउने ठेक्का लिएको निर्माण कम्पनीले ठेक्का नछोड्दा प्रदेश सरकारले काम अगाडि बढाउन नसकेको पीडा पोखेका हुन् । 
 
उनले  नयाँ  आर्थिक वर्षबाट सुरुङमार्गको काम प्रदेश सरकार आफैँले अगाडि बढाउने दाबीसमेत गरे ।