मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

आफ्नै बुवाविरुद्ध करणी आरोपमा जाहेरी

आफ्नै बुवाविरुद्ध करणी आरोपमा जाहेरी


चितवनको खैरहनी नगरपालिकाकी एक बालिकाले करणी गरेको आरोपमा आफ्नै बुवाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएकी छन् । 
 
१५ वर्षीया बालिका सिम्रन (नाम परिवतन)ले इलाका प्रहरी कार्यालय खैरहनीमा जाहेरी दिएकी हुन् । छोरीले प्रहरीमा किटानी जाहेरी दिएलगत्तै पीडितका बुवा फरार रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले बताए । 
 
बालिकाले जाहेरीमा बुवाले आफूलाई चार महिनाअघिदेखि पटकपटक करणी गरेको उल्लेख गरेकी छन् । 
 
घरमा आमा नभएको मौका छोपी बुवाले छोरीलाई करणी गर्ने गरेको जाहेरीमा उल्लेख गरिएको रेग्मीले जानकारी दिए । सोमबार बिहानैदेखि फरार रहेका बुवाको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।