मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

गैँडाको आक्रमणबाट अष्टेलियन नागरिक घाइते

गैँडाको आक्रमणबाट अष्टेलियन नागरिक घाइते


चितवन राष्ट्रिय निकुञ्जमा सोमबार गैँडाको आक्रमणबाट एक विदेशी पर्यटकसहित दुईजना घाइते भएका छन् । 
 
सौराहा घुम्न आएका अष्टे«लियन नागरिक विलियन पिटर र रत्ननगर ६ निवासी गाइड ५० वर्षीय जीतु महतो गैँडाको आक्रमणबाट घाइते भएका हुन् । 
 
गाइड जीतुले वन्यजन्तुको अवलोकनका लागि पिटरलाई निकुञ्ज घुम्न लगेका थिए । उनीहरु सौराहाबाट भित्र रहेको दुधौरा जंगलमा पुगेपछि गैँडाले आक्रमण गरेको थियो । 
 
इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी निरीक्षक शेखरकुमार शाहका अनुसार घाइते दुवै जनालाई उपचार लागि हेलिकप्टरमार्फत् काठमाडौँ लगिएको जानकारी दिए ।