मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

हिन्दुराष्ट्र कायम गर्नुपर्ने माग राख्दै प्रशासनमा धर्ना

हिन्दुराष्ट्र कायम गर्नुपर्ने माग राख्दै प्रशासनमा धर्ना


भरतपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को देशव्यापी जनसंघर्षअन्तर्गत चितवनमा पनि धर्ना कार्यक्रम सम्पन्न भएको छ ।
 
सोमबार राप्रपा चितवनले जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना दिएको हो । सर्व धर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहित नेपाललाई सनातन धर्मसापेक्ष हिन्दुराष्ट्र कायम गर्नुपर्ने माग राख्दै धर्ना दिइएको पाटीका जिल्ला अध्यक्ष दिलीप पाण्डेले जानकारी दिए । 
 
राप्रपाको जनसंघर्षमा उठाइएका अन्य मागहरुमा राजासहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन गर्नुपर्ने, संघीयताबारे राष्ट्रिय जनमतसंग्रह गर्नुपर्ने, भ्रष्टाचार अन्त्य गर्नुपर्ने, बेरोजगारी समस्याको समाधान गर्नुपर्नेलगायत रहेका छन् । 
 
धर्ना कार्यक्रममा राप्रपाद्वारा नेपाल सरकारसमक्ष प्रस्तुत २२ बुँदे माग अविलम्ब पूरा गरिनुपर्नेमा जोड दिइएको पार्टीका वरिष्ठ जिल्ला उपाध्यक्ष जीवलाल पुरीले बताए । उनले राप्रपाले अघि बढाएको जनसंघर्षका कार्यक्रममा हिन्दुराष्ट्रका पक्षमा जनमत बढ्दै गएको उल्लेख गरे ।