मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

बिमा किन्दा बिचार पुर्याउनै पर्ने कुरा

बिमा किन्दा बिचार पुर्याउनै पर्ने कुरा


अमेरिकामा नेपाली समुदायको विस्तारसँगै समस्या पनि धेरै बढ्दै गएको छ । तर समस्यासँग भाग्ने कुरा भएन । यसलाई सही व्यबस्थापन गर्नु नै बुद्दीमानी हो । जीवन बिमा लिएर आम्दानी गर्ने ब्यक्तीको मृत्युभएमा आश्रीत परिबारलाई आर्थिक रुपमा हुने क्षतिबाट बीमाले बचाउन सक्छ । 
 
बिमा भन्ने बित्तीकै प्रीमियम खर्च भन्ने कुरा आउछ । सबै बिमा खर्चमात्र हुने होइन, बचत पनि हो । आफ्नो आबश्यकता अनुसारको जीबनव बिमा पाइन्छ। 
 
बिमाको आबस्यकतासँगै कस्तो बिमा लिने रु को सँग लिने रु बिमाको भाषा नबुझिने किसिमको हुने भएकोले कतिपयलाई झर्को लाग्ने खालको हुन जान्छ। तर पनि अमेरिकामा बिमा बिना जिन्दगीको कल्पना सम्म गर्न सकिदैन। 
 
हामी परिचित भएको कतिपय बिमाहरु म्यादी प्रकृतीको हुन्छन।  जस्तै घरको बिमा, गाडीको बिमा, ब्यापारको बिमा । यी बीमाहरु आफुलाई कुनैपनि समयमा बिमा कम्पनी परिबर्तन गर्न मन लागेमा परिबर्तन गर्न सकिन्छ । तर जीबन बिमामा त्यस्तो हुदैन । 
 
जीबन बिमा किन्ने कुरा होइन। बिमा गर्ने मान्छे स्बस्थ्य हुनुपर्यो र बिमाको लागी योग्य हुन पर्यो। घर र गाडीको बिमा जस्तो जिबन बिमा कम्पनी फेर्न भने सकिदैन । किनकी मानिसको स्बास्थ्यमा परिबर्तन हुन्छ र उमेर पनि बढ्ने हुन्छ। त्यसैले  जीबनबिमा कुन र कस्तो कम्पनीमा बिमा गर्ने भन्नेकुरा महत्बपुर्ण हुन्छ। अर्को कुरा जीवन बिमा जतिबेला चाहीयो त्यती बेला किन्न पाइने कुरा पनि होइन र कम्पनी परिबर्तन गर्ने मिल्दैन। 
 
जीबन बिमा धेरै किसीमका हुन्छन । कुनै केही बर्षको लागी हुन्छन त कुनै जीवनभरिका लागि हुन्छन । आफ्नो उदेश्य के हो रु कति समयको लागी बिमा चाहिएको हो रु आफूले बिमाको लागी छुट्याउन सकिने रकम कति हो त्यही अनुसार बिमा लिनु पर्दछ। 
 
बचत त्यसै हुँदैन बचत गर्ने बानी बसाउन पर्दछ। खर्च गरेर बाँकी रहेको बचत गर्ने होइन । बचत गरेर बाकी रहेको खर्च गर्ने बानी गरेमा बचत छिट्टो गर्न सकिन्छ। 
 
जीबनबिमा गर्दा धेरै फाइदा छन । पहिलो यो अनिबार्य बचत हो। आम्दानी गर्ने सदस्यको मृत्यु भएमा अरु आरक्षित परिबारका सदस्यलाई थप आर्थिक भार नपरोस र परिबार हिजो जस्तै सुचारु होस भन्ने हेतुले बिमा गरिन्छ। 
 
आम्दानी गर्ने ब्यक्ती बिरामी भएर काम गर्न नसक्ने भएमा बा दुर्घटना भएर अंगभंग भएमा बिमालेखमा कुनै कारणबाट बिरामी परि हेरचाह गर्न सहायताको आबश्कता भएमा पनि यो बिमालेखमा भएको अतिरिक्त सुबिधा प्रयोग गरि  हेरचाह वा आौषधी उपचार गराउन सकिन्छ । आबश्यक रकम पनि बिमा लेखबाटै लिन सकिन्छ। अशक्तताका कारणले कामगरी आम्दानी गर्न नसकेमा बिमा बापतको रकम बिमा कम्पनी आफैले तिरी दिएको हुन्छ पछि कहिल्यै त्यो रकम फिर्ता गर्न पदैन । 
 
केही समय अगाडी मात्र भर्जिनियामा कार दुर्घटनामा दुईजनाको मृत्यु भएको खबर आएको छ । त्यस्तै केन्टकी राज्यमा पनि लुटेराको गोलीबाट एक जना नेपालीको मृत्यु अर्को नेपालीको अबस्था चिन्ताजनक भएको खबर केही समय अघि आएको थियो । टेक्सासको नेपाली समाज यस किसीमका समस्याहरुसँग राम्रो जानाकार छ। 
 
यस्ता समस्याहरू पर्दा कतिन्जेल हामीले गोफण्डको भरोसा गर्ने रु किन्न पाइने गाडीको हामी बीमा गर्छौ, घरको बीमा गरिन्छ । अपार्टमेन्टमा बस्नेले समेत अपार्टमेन्टको बीमा गर्छन् । तर अमूल्य जीवनको बीमा गर्न हामी किन आनाकानी गर्छौ रु अब कसैलाइ केही भैहाल्दा गोफण्डको भरोसा गर्ने भन्दा पनि समुदायले बीमा गर्नेतिर सदस्यहरूलाइ चेतना जगाउन ढिला भएन र ?
 
(लेखकः न्यूयोर्क लाइफ इन्सुरेन्ससँग आवद्ध छन् ।)