मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

कांग्रेसभित्रको गुटउपगुट अन्त्य हुनुपर्छ : डा कोइराला

कांग्रेसभित्रको गुटउपगुट अन्त्य हुनुपर्छ : डा कोइराला


नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले कांग्रेसभित्रको गुट उपगुट अन्त्य हुनुपर्ने बताएका छन् । 
 
नेपाली कांग्रेस मध्यपुरथिमि नगरसमितिले नयाँ वर्ष २०७६ तथा प्रसिद्ध बिस्काःजात्राको अवसरमा छ्वासटोलमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले भने, “कांग्रेस एकताबद्ध भएर अघि बढेमा आगामी निर्वाचनमा मुलुकको ठूलो दल बन्न कसैले रोक्न सक्दैन् ।”
 
“बीपीले देखाएको बाटो कांग्रेसले बिर्सन हुन्न”, महामन्त्री डा कोइरालाले भने, “राष्ट्रिय मेलमिलापको नीति अंगालेको कांग्रेसभित्र नै मेलमिलाप नहुनु दुःखद हो ।” 
 
उनले सरकारको गतिविधि संघीयता विरोधी भएको आरोप लगाउँदै “मुलुक अप्ठ्यारो अवस्थामा पुगेको बेला दुईतिहाईको सरकार सबै अधिकार आफैं राख्ने प्रयत्न गर्देछ, जुन संघीयता विरोधी छ, यसले सरकार संघीयतामा विश्वास गर्दैन भन्ने देखाएको छ”, भने । 
 
सरकारको एकवर्षे कामको मूल्यांकन गर्दै महामन्त्री डा कोइरालाले भने, “सरकारको एकवर्षे कार्यकालमा धन्यवाद दिने खालको एउटा पनि काम भएको छैन । सरकारले काम गर्ने ठोस् योजना पनि प्रस्तुत गर्न सकेको छैन । मुलुकमा शान्ति सु–व्यवस्था हुनुको सट्टा हत्या, हिंसा, बलात्कार, भ्रष्टाचारका घटना वृद्धि भएका छन् ।”
 
कांग्रेसका केन्द्रीय सदस्य एवं केन्द्रीय अनुशासन समितिका संयोजक भीष्मराज आङ्दम्बेले दुईतिहाइ बहुमतको सरकारले पनि आदिवासी जनजाति, मधेशी, थारु, महिलालगायतको असन्तुष्टिलाई सम्बोधन गर्न नसकेकोेसले शुरु गरेको पुर्नजागरण अभियानले पार्टीलाई एकतावद्ध हुनमा अभिप्रेरित गर्ने विश्वास व्यक्त गरे ।