मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

यस वर्ष विश्वका उत्कृष्ट १० एयरलाइन्स

यस वर्ष विश्वका उत्कृष्ट १० एयरलाइन्स


वासिङटन- गत वर्षझैं यस वर्षपनि विश्वकै उत्कृष्ट विमान सेवा कम्पनी (एयरलायन्स) मा सिंगापुर एयरलायन्स पहिलो भएको छ । दोस्रो वर्ष लगातार उत्कृष्ट पुरस्कार जितेपछि सिंगापुर एयरलायन्सका सीईओ गोह चुन फोङले भने,“म मेरो कम्पनीको विमानमा यात्रा गर्ने यात्रुहरुलाई उनीहरुको लगातारको समर्थनप्रति धन्यवाद व्यक्त गर्न चाहन्छु । यसका साथसाथै विश्वभरीका हाम्रा कर्मचारीलाई पनि धन्यवाद भन्न चाहन्छु ।”
 
मंगलबार सार्वजनिक गरिएको सूचीमा यात्रीको रोजाईमा एसियाका चार विमान सेवा कम्पनीहरु परेका छन् । साउथवेस्ट एयरलायन्स उत्तर अमेरिकी एयरलायन्समा उत्कृष्ट भएको छ । यसका साथसाथै यो अमेरिकी वायु सेवा कमपनी विश्वकै उत्कृष्ट १० मा पर्न सफल भएको छ ।
 
कतिपय सुपरिचित विमान सेवा कम्पनीहरु ब्रिटिस एयरवेज, भर्जिन एटलान्टिक र अमेरिकन एयरलायन्स उत्कृष्ट १० को सूचीमा अटाएका छैनन् ।
 
उत्तर अमेरिकी क्षेत्रमा डेल्टा एयरलायन्स उत्तम प्रमुख एयरलायन भएको छ । यसैगरी वेस्टजेट क्यानडाको उत्तम र एयर क्यानडा उत्तम बिजनेस क्लासको विमान सेवा कम्पनी भएको छ ।
 
ट्रिप एडभाइजरले विभिन्न विशिष्ट सेवा वर्गको उपाधि जित्ने विमान सेवा कम्पनीको नाम पनि उल्लेख गरेको छ । फस्ट क्लासको उत्कृष्टमा इमिरेट्स, बिजनेस क्लासमा कतार एयरवेज, प्रिमियम इकोनोमीमा एयर न्यूजिल्यान्ड र इकोनोमी क्लासको उत्कृष्टको उपाधी सिंगापुर एयरलायन्सले जितेका छन् ।
 
विमानबाट यात्रा गरेका यात्रुहरुको समीक्षामा गुणस्तर र परिमाणका आधारमा यात्रूहरुको छनौटको पुरस्कार घोषणा गरिएको ट्रिप एडभाइजरले जनाएको छ । गत वर्षको जनवरीदेखि डिसेम्बरसम्मको रेटिङका आधारमा यो निश्कर्ष निकालिएको हो ।एजेन्सी