विचार / ब्लग

मेरो गीत बालगुरुको फोटाले सुन्छ

150 पटक पढिएको

- विनोद रोका

न्युर्योक | 5th Apr 2019, Friday | २०७५ चैत्र २२, शुक्रबार ०५:२०
रक्षाले आफु एवेकन भएको। दैवीसत्ताको चैत्यन्य स्वरुपसंग जोडिन पुगेको कुरा अनुभवको आधारमा भनि रहेकी थिईन। यद्यपि मेरो अहंले ऊन्लाई छोरीकै हैसियतले हेर्न छोडेको थिएन। रक्षा र मेरा छोराछोरीहरु समकालीन हुन। मैले रक्षालाई बच्चादेखि देखेको छु। त्यसैले मलाई ऊनीसंग बोल्न वा संगै बस्न धक मान्नु पर्ने अवस्था थिएन। मलाई ऊन्ले भनिन अंकल तपाईको मनको गहिराईमा डर छ। मैले भने अहं छैन। अनि छैनको पुष्टिका लागि धेरै तर्कहरु थपे। ऊन्ले भनिन तपाईको बसाईको पोजिशर्नलेनै देखाऊछ कि तपाईको मनको गहिराईमा डर छ। त्यसपछि मैले रक्षाको अनुहारमा हेरेर कुरा गर्न थाले। ऊनी भने आखा चिम्लीएको अवस्थामा थिईन। लाग्थ्यो ऊनी केबल बोल्दै थिईन तर बोल्न लगाऊने अरुनै कोही थियो। मलाई उन्ले भनिन अंकललाई संगित र साहित्य मन पर्दो रहेछ। प्लीज ईन्ज्वाई ईट।मैले भने हो। 
 
मैले ऊन्लाई भने मैले लेखेको टुक्रे कविता र घोच्ने साहित्य त धेरैले मन पराऊछ तर मैले गाएको गित र संगित भने कोही सुन्न मान्दैनन। किनकि मेरो स्वर कर्णप्रिय छैन। बाजाको तालसंग लय मिल्दैन। तर मेरो रुचिको बिषय भएको हुदा म आजकाल एक्लै पागल मmै गाऊछु। मैले रक्षालाई मेरो एऊटा आध्यात्मिक गीतको स्थायी र अन्तरा सुनाए। यद्यपि यस्मा गितमा चाहिने व्याकरण मिलेको छैन। तर मेरो भावलाई नियमले बाध्न सकेन। 
 
म पागल हु एऊटा पागल खोज्दैछु
म थोपा हु एऊटा सागर खोज्दैछु
जो देख्न सक्छ आगोमा पानी
जो बिष पिऊछ अमृत ठानी।
म अध्यारो भित्र ऊज्यालो देख्छु
त्यही ऊज्यालोले आफुलाई छेक्छु। आदि
 
अनि मैले ऊन्लाई भने अरु कसैले मन नपराएपछि मैले गाएको गीत मेरो अस्तित्व, भित्ता वा भितामा टागिएका फोटाले सुनेर आनन्द लिएको अनुभव गर्छु। म गित गाऊदै गर्दा धेरै पटक रोएको छु भित्ता र फोटोमा हेरेर। मलाई लाग्छ त्यो सुन्ने भित्ताको फोटो बालज्ञानी गुरु आदित्यको हो। जुन फोटो मेरो बैठक कोठाको पुर्वपटिृको भित्तामा टागिएको छ। अनि बिपरित दिशा अर्थात पश्चिम पटिृको भित्तामा नेपाली चित्रकारद्धारा बनाइएको ठुलो शिवजीको पेंटिंग टागिंएको छ।  
 
ऊन्ले आखा चिम्लीएकै अवस्थामा भनिन होईन अंकल भित्तामा टांगिएको ठुलो फोटो शिवजीको जस्तो छ। ऊहाले सुनि रहनु भएको छ। शिवजी भन्नुहुन्छ म सुनिरहेको छु तिमि गाऊ।बजाऊ। ऊन्को भनाईले मेरो अन्तरमनमा छोयो। किनकि भौतिक शरिर भएको एऊटा मान्छेले त भन्यो मेरो नमिठो स्वर पनि कसैले मिठो मानेर सुन्दो रहेछ भनेर। यो कुरा मेनुकाले पनि रक्षाबाट सुनेपछि मलाई अरु थप आट आयो। अब कम्तीमा मैले गाएको र बजाएकोमा ऊन्लाई आपत्ती हुनेछैन।
 
बास्तवमा मैले गीत, संगीत, र साहित्यको सोख लामो समयदेखि पालेको हु। मैले रक्षालाई भने  ैकरिब दुई दर्जन जति गीतहरु सिडि र म्युजिक भिडियोमा आएका छन। गीत संग्रह निकालेको छु। शम्भुजीत, रामकृष्ण, दिपेश किशोर, जगदिश, अन्जु, मनोज, माण्डवी, हरिश, कर्णदास, कन्हैया, अनिता, दिनेश, गम्बु शेर्पा,रोविनजी लगायतका कलाकारहरु यस्मा रहेका छन। तर प्रतिफलविनाका गितहरु खर्च गरेर निकाल्न नसकिने रहेछ। यद्यपि मेरो लेख्ने बानी छुटेन। आजकाल प्राय आध्यात्मीक भजन वा गीतहरु लेख्न थालेको छु। अनि लेखिएका गीतहरुले मलाई गाईदे न भनेको सुन्न थाले। त्यसैले हारमोनियम र किवोर्डमा ती शव्दहरुलाई गुनगुनाऊन थाले वेनियमसित सेता र काला किवोर्डहरु चलाऊदै।
 
केही दिन ओम र सपनासंग पनि म्युजिकको क्लास लिए। तर क देखि ज्ञ सम्म सिक्ने समय निस्कीएन। अनि मेरो मनमा विश्वास के आयो भने जस्ले लेखायो पक्कै ऊसैले संगित र लय पनि सिकाऊछ। नभन्दै त्यसै भयो। मैले लेखेका आध्यात्मीक गितहरुमा आफैले संगित भरे। किनकि लय त्यही गीतमा भेटे। मैले एक दर्जन भन्दा बढी आफना गितहरु आफैले गाए। अनि मैले प्रदिप गिरी दाईलाई सम्मmे। दाईले एकदिन भनेका थिए विनोद भाई गितसंगै त्यस्को लय र ताल पनि आएको हुन्छ। त्यसबेला ऊहा न्युर्योक आऊनु भएको थियो। म ऊहासंग भारतीदीदीको डेरामा डिनर खादै गफिएको थिए। तर ऊहाको कुरा पत्याएको थिईन। मेरा गीतहरु यदाकदा मेनुकालाई सुनाऊछु र भन्छु मिल्यो कि मिलेन? ऊनी भन्छीन संगित सिक्न जाने ठाऊमा सोध्नु नि? तपाईको स्वरै नाके छ। नजीकका साथीभाईलाई सुनायो अरुलाई गाऊन दिनुहोस विनोद दाई राम्रो हुन्छ भन्छन। त्यसैले मैले कानमा हेडफोनको माध्यमबाट आफुमात्रै सुन्न थाले अरुलाई डिष्टर्व नहुने गरी। 
 
म एक्लै हुदा हारमोनिय वा किवोर्डमा हेडफोन बेगर गाऊन थाले। र भने अब सुन्ने पनि तिमिनै। त्यसपछि मलाई लाग्न थाल्यो मेरो गीत मेरो स्वरुप वा म भित्रको ईश्वरले सुन्दैछ र म उस्लाईनै सुनाऊदै छु। आजकाल गाऊदा पनि अरु नभएको अवस्थामा आनन्द आऊछ। किनकि अरुले मिले नमिलेको कमेण्ट गर्छन। तर ऊ मैले जस्तो गाए वा बजाएपनि आनन्द मानेर सुनिदिन्छ। म आफनो अस्तित्व वा स्वरुपमा डुबेको हुन्छु ऊसंगै। मानौ म थोपा हु र सागरमा हराई दिन्छु।अनि सागरसंगै बाचिदिन्छु। इन्द्रबहादुर राईले आज रमिता छ भन्ने उपन्यासमा भने मmै “ वास्तविकता भन्दा ठुलो साहित्य छैन। विश्वको श्रेष्ठतम कृतीमा तीनघण्टा डुब्नु र त्यसै तीनघण्टा बाचेर बसिरहनुमा  पछिल्लोमा कता हो कता धेरै साहित्य छ। अस्तित्व भन्दा ठुलो साहित्य छैन।”।  
 
मैले करिब ७ वटा गितहरुमा आफनै स्वर र संगित राखी पहिलो पटक गायक गम्बु शेर्पालाई सुनाए अफिसमा आएको बेला। ऊन्ले भने दाई आफनो सोख पुरा गर्नुपर्छ। प्छि रहने भनेको आफना श्रृजना हुन। मैले ऊन्लाई भने स्वर र संगीत राम्रो छैन। ऊन्ले भने दाई राम्रो भएन भने फेरी अरुलाई गाऊन दिए भै हाल्छ नि? त्यसपछि मैले नरेन्द्र प्यासी भाईलाई जाच्न दिए। ऊनी न्युर्योकबाट क्यालिफोर्निया गैसकेका थिए। ऊन्ले मेरो लयमा केही रागको कमी भएकोले परिमार्जन गरेर पठाई दिए। अनि मैले त्यो र आफनो दुवै अन्य केही संगितकारहरुलाई दिए। तर प्यासी भाईले परिमार्जन गरेको लयमा मैले गाऊन सकि रहेको थिईन। किनकि मेरो रागमा अभ्यास छैन। अरु संगितकारले त्यो भन्दा केही पृथक राय दिए। त्यस पछि मैले अर्का संगितकार, गायक, र रेर्कडिष्ट ओमभाईको राय मागे। ऊन्ले पनि लयमा केही पृथकता भए मिठास हुने सुमmाव थपे। म अनाडीले सोधे होईन हो ओमभाई रचनाले मागेको लय त एकै खालको हुनुपर्ने होईन र? यहा त संगितकार पिच्छेको लय त फरक देखियो नी? यस्तो पनि हुन्छ र? 
 
ओमले भने दाई एऊटै गीतमा सेयौ प्रकारका लय र संगित हुन सक्छन। ऊन्को जवाफले मलाई संगितकार बनायो। अर्थात क्याटालेटिक एजेण्टको काम गरयो। घनाबादलमा बिजुलीको चडकन परेर पानी परेमmै। अनि मैले भने त्यसो हो भने मेरो लय र मैले हालेको संगित पनि तीनै सैयौ प्रकार मध्येको एऊटा किन हुन सक्दैन त। तैपनि मनमा डर पल्हायो। अनि मैले गायक।संगितकार गणेश पराजुलीलाई भने यी सबै गीतमा भएका लय र सगित मध्ये कुन राम्रो हुन्छन तपाईले जाचेर म्युजिक ट्रयाक बनाई दिनुहोस भनि जिम्मा दिए। गणेशजीले भने सरकै ठिक छ। तपाईकै स्केल र लयमा बनाऊन लगाई दिए। अनि एऊटा ट्याक संन्तोष श्रेष्ठजीले बनाई दिनु भयो। र अब म रेर्कड गर्ने जमर्कोमा छु। डर नमानीकन। किनकि मलाई पपुलर हुनु र पैसा कमाऊनु छैन यसबाट। यी आध्यात्मीक गितहरुमा मैले पढेका, सुनेका, र अनुभव गरेका सनातन धर्ममा अमृतमयी बचनहरु छन। म यीनीहरुलाई आफनो मन्त्र बनाऊने छु। यस्मा प्रसंसाको अपेक्षा छैन। किनकि मैले मेरो सुनिदिने श्रोता म भित्रको शुन्यतामा भेटेको छु। 
 
यसै बिच मैले एऊटा गीत “ म पागल हु एऊटा पागल खोज्दैछु “एकजना संगितका सौखिन न्युजर्सि बस्ने ईन्जीनियर प्रमोद पोखरेलजीलाई शेयर गरेको थिए। उन्ले एकदिन भने दाई म पनि अर्को पागल थपिए। म्युजीक यापमा सेभ गर्दै जानुहोस। र मलाई पठाऊनुहोस। यस्को महत्व कुनै दिन हुने छ। हामी आफै निकाल्न सक्छौ। ऊन्ले आफनो घरमा एऊटा कोठालाई रेर्कडिंग स्टुडियो नै बनाएका छन। त्यसैले आजकाल मैले लयबद्ध गरेर गायका गीतहरु प्रमोदजीलाई पठाईदिने गरेको छु। प्रमोदजी आधुनिक यापहरुसंग चलखेल गर्न सक्ने प्राविधीक ज्ञान भएका सौखिन संगीतप्रेमी हुन। के बेर यो पागलपनको सहयात्राले एऊटा आयाम थप्ने सम्भावना पो बोकेको छकी?