मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

विशेष अधिवेशनको सामना गर्छु : सभापति देउवा

विशेष अधिवेशनको सामना गर्छु : सभापति देउवा


विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका जिल्ला सभापतिहरूले विशेष अधिवेशन बोलाए आफूले ‘फेस’ गर्न तयार रहेको बताएका छन् । 
 
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सानो संख्यामा जम्मा भएका २० देखि २५ जना सभापतिले बोलाउने विशेष अधिवेशनको सामना गर्ने स्पष्ट पारे । सभापति देउवाले स्व गिरिजाप्रसाद कोइराला भएको भए यस्तो अवस्थामा उनीहरूलाई पार्टीबाट निस्कासन गर्नुहुन्थ्यो भन्दै तर आफूले केही नगर्ने र अनुशासन समितिले यससम्बन्धी हेर्ने बताए । 
 
उनले न्यायपरिषद्ले योग्यता पुगेकालाई नै सर्वोच्च र उच्च अदालतको न्यायाधीश नियुक्त गरेको हुनाले टीकाटिप्पणी नगर्ने प्रष्ट पारे । उनले न्यायपरिषद्ले न्यायाधीश नियुक्त गर्दा राजनीतिभन्दा बाहिर हुनुपर्छ भन्दै नियुक्तका सम्बन्धमा कहीँकतै कुनै विरोध नभएको उल्लेख गरे । उनले संवैधानिक परिषद्ले नियुक्त गर्दा प्रतिपक्ष दलको हैसियतले आफ्नो पनि सहमति लिनुपर्ने बताउँदै प्रतिपक्षबिनाको एक्लै नियुक्त गर्न पाइँदैन भने ।
 
उनले संवैधानिक परिषद्को बैठकमा आफूले चिठ्ठी लेखी आउन नसक्ने भएको हुँदा केही समयपछि गर्नु भनेकोमा एक पक्षीय ढङ्गबाट गरिएको नियुक्तिको विरोध गरेको बताए ।
 
सभापति देउवाले वर्तमान सरकारले दुई तिहाइको दम्भमा एकलौटी कार्य गरेको आरोप लगाउँदै यसको विरोधमा विपक्षी पार्टीको हैसियतले सदन र सडकमा विरोध गर्ने बताए । वर्तमान समयमा नेका एकजुट रहेको बताउँदै उनँले आगामी महाधिवेशनबाट पार्टी थप सुदृढ हुने विश्वाससमेत व्यक्त गरे ।