मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

आँधी पीडितका लागि जुट्यो एनआरएनए अमेरिका

आँधी पीडितका लागि जुट्यो एनआरएनए अमेरिका


हिमालय खबर संबाददाता-
अमेरिका ।  गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले नेपालको बारा, पर्सामा गएको विनाशकारी आँधी पीडितहरूको सहयोगार्थ गोफण्ड खाता खोलेर सहयोग संकलन सुरू गरेको छ । 
 
एनआरएनएले सोमबारदेखि सहयोग संकलन सुरू गरेको हो । ५० हजार डलर संकलन गर्ने उद्वेश्य साथ सुरू गरिएको गोफण्डमा यो समाचार तयार पार्दासम्म ३३ जनाले तीनहजार ६ सय ८४ डलर दान गरिसकेका छन् । 
 
एनआरएनएअमेरिकाका अध्यक्ष डा. केशव पाैडेलले ५ सय १ डलर राखेर थालेको गोफण्ड खोलिएको हो । अहिलेसम्म सबैभन्दा बढी सहयोग गर्नेमा डा. पौडेलनै अग्रस्थानमा छन् । त्यस्तै रिना दीक्षित र गाैरीराज जोशीले ५/५ सय, नवीन शेरचनले तीनसय एक, विष्णु पाण्डेले दुइसय एक र वरिष्ठ उपाध्यक्ष सुनिल शाहले दुइसय दिएका छन् । महासचिव बीरअार लामाले एकसय डलरमात्र दिएका छन् । बोर्ड अफ डाइरेक्टर गोपेन्द्र भट्टराइले एकसय एक दिएका छन् । 
 
एनआरएनए अमेरिकामा रहेका नेपालीहरूको साझा संस्था हो । यो संस्था मार्फत सहयोग गर्दा दुरूपयोग हुने संभावना कम रहन्छ । दर्ता भएर सञ्चालनमा अाएको र समाजमा प्रतिष्ठित व्यक्तिहरू नेतृत्वमा रहेकाले एनआएनएको गोफण्ड मार्फत सहयोग गर्दा पीडितसम्म राहत पुग्नसक्छ । 
 
अन्य संस्था तथा व्यक्तिले उठाएका र खोलेका गोफण्डको रकम नेपाल पुग्ने संभावना ज्यादै कम छ । हिसाब किताब गोलमटोल पार्ने संभावना पनि त्यत्तिकै रहेकोले एनअारएन मार्फत गरेको सहयोग प्रभावकारी हुने देखिन्छ ।