मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नक्कली कागजातका आधारमा एचवानबी भिसा बनाउने आईटी कम्पनीलाई कारवाही

नक्कली कागजातका आधारमा एचवानबी भिसा बनाउने आईटी कम्पनीलाई कारवाही


न्यूजर्सी (अमेरिका)–  सूचना प्रविधि (आईटी) का दुइ कम्पनी संचालकलाई नक्कली कागजातका आधारमा विदेशीलाई अमेरिकामा व्यवसायीक रुपमा काम गर्न पाइने एच वानबी भिसा र गलत विवरणका आधारमा कर फिर्ता (ट्याक्स रिर्टन) भरेकोले गत साता जेल सजाय भएको छ । 
 
यी संचालकलाई जरिवाना तथा १५ महिना जेल सजाय तोकिएको हो । यूएस सिटिजन्स एण्ड इमिग्रेशन सर्भिसेज(यूएससीआईएस) फ्रड डिटेक्सन एण्ड नेसनल सेक्यूरिटीज (एफडीएनएस) भेरमेण्ट सर्भिस सेन्टरले नक्कली कागजात लगायतका ठगी प्रकरण जानकारीमा आएपछि अनुसन्धान भएको थियो । यसकै आधारमा होमल्याण्ड सेक्यूरिटिज लगायतका निकायले थप अनुसन्धान गरेका थिए ।
 
युएससीआईएसले आफ्नो वेभसाइटमा राखेको समाचार अनुसार अनुसन्धानका आधारमा न्यूजर्सीका ३४ बर्षिय सोरभ शर्मालाई डिष्ट्रिक्ट अदालतले उक्त सजाय दिने निर्णय सुनाएको हो । शर्माले आफ्नो गल्ती स्विकारेको पनि युएससीआईएसले जनाएको छ ।
 
एससीएम डाटा इन्क र एमएमसी सिस्टम इन्क नामक दुई कम्पनीले विदेशी विद्यार्थीलाई अमेरिकाका आईटीमा कम्पनीमा जागिर दिने भनी कन्सल्टेन्सी सेवा र एचवान बी भिसा प्रकृया अगाडी बढाउन स्पोन्सर गरेका थिए । यसमा नक्कली कागजात बनाईएको थियो  । पक्राउ परेका शर्माले विदेशी विद्यँर्थी र आफ्नो कम्पनीले एच वानबी भिषा बिनाउन पुलको रुपमा काम गरेको  वताएका थिए ।
 
भारतवाट प्रकाशित हुने टाइम्स अफ इन्डियाका अनुसार यस्तै ठगी काण्डमा तीन भारतीयलाई आरोप लगाईएको छ । 
 
अमेरिकाको जस्टिस डिपार्टमेण्टलाई उदृत गर्दै उक्त पत्रिकाले तीन कन्सल्टेण्टलाई एच वानबी भिसाका लागि नक्कली कागजात पेश गरेको आरोपमा दोषी पाईएको हो । यसमा क्यालिफोर्निया सान्ताक्लाराका किशोर दत्तापुरम, टेक्सस अस्टिनका कुमार अस्वपति र सनजोजेका सन्तोष गिरी संलग्न थिए । अमेरिकी सरकारी निकायले उनीहरु विरुद्ध सजायका लागि अदालतमा मुद्दा पेश गरेको छ ।
 
अमेरिकामा विद्यार्थीका लागि एच बानवी भिसा निकै लोकप्रिय छ । कुनैपनि विषयमा दक्ष र उक्त जनशक्ति अमेरिकामा उपलव्ध नभएको अवस्थमा एच वानबी भिसा दिईन्छ । यो भिसा पाएपछि अमेरिकामा बस्न र काम गर्न पाइन्छ । तर, यसका लागि बिषयगत दक्षता हासिल गरेको र उक्त दक्षता भएका व्यक्ति अमेरिकामा पर्याप्त उपलव्ध नभएको पुष्टि हुनुपर्छ। परामर्शदाताहरुले यसका लागि नक्कली कागजात वनाईदिने गरेका थिए ।
 
यी तीन जना आरोपी विरुद्ध अदालतमा प्रस्तुत दस्तावेजमा ४९ बर्षिय दत्तापुरम, ४९ बर्षिय अस्वपति र ४२ बर्षका गिरीले सान्ताक्लारामा नैनोसिमैटिक्स नाम गरेको कन्सल्टेन्सी फर्म चलाएका थिए । यसको काम उक्त क्षेत्रमा रहेका आईटी कम्पनीमा जागिर खोजिदिने थियो । यही क्रममा ती तिनै जनाले नक्कली कागदात वनाउने गरेको आरोपपत्रमा उल्लेख छ ।
 
यो मुद्दा अदालतमा चलिरहेको छ । यसमा दोषी पाईए अधिकतम १० बर्ष जेल र २ लाख ५० हजार डलर जरिवाना हुनेछ ।
 
तस्बिर: सामाजिक संजाल