मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

बोराभित्र युवतीको शव राखेर नारायणीमा फाल्न खोज्ने दुई पक्राउ

बोराभित्र युवतीको शव राखेर नारायणीमा फाल्न खोज्ने दुई पक्राउ


चितवन । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरबाट मंगलबार बिहान बोरामा राखिएको शवसहित दुईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
 
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार जुटको बोराभित्र युवतीको शवसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
 
प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार पक्राउ पर्नेमा भारतको मोतीहारी घर भई भरतपुर–२ क्षेत्रपुर बस्ने ४० वर्षीया रम्बादेवी साह र उनका भाइ २६ वर्षीय विगन साह रहेका छन् । 
 
उनीहरुले १७ वर्षीया बहिनी परीकुमारी साहलाई अन्त्येष्टिका लागि नारायणी नदी किनारमा लैजाँदै गर्दा प्रहरीले पक्राउ गरेको हो ।
 
रेग्मीका अनुसार सलको पासो लगाई आत्महत्या गरेपछि अन्त्येष्टिका लागि बहिनीलाई नदीतर्फ लैजाँदै गरेको पक्राउ परेकाले बयान दिएका छन् । शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । पक्राउ परेकाको अनुसन्धान भइरहेको उनले बताए । त्यो परिवारले नारायणगढमा फलफूल बिक्री गर्ने गरेको थियो ।