मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेजाद्वारा संकलित रकम पत्रकार गौतमलाई हस्तान्तरण

नेजाद्वारा संकलित रकम पत्रकार गौतमलाई हस्तान्तरण


भर्जिनिया (अमेरिका) – नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले पत्रकार जयदेव गौतमको सहयोगार्थ गोफण्ड मार्फत संकलन गरेको रकम हस्तान्तरण गरेको छ ।
 
आइतबार नेजाका स्थानीय पदाधिकारीहरु गौतमको भर्जिनियास्थित निवासमा पुगेर ५ हजार २ सय ६९ डलर ७५ सेन्टको चेक हस्तान्तरण गरेका थिए । 
 
नेजाका डिसी क्षेत्रीय संयोजक लीलादेवी ओझा ढकाल, संस्थापक अध्यक्ष गिरिश पोखरेल, कार्यसमिति सदस्य निदेश अधिकारी, बाबुराम खरेल तथा सदस्यहरु लेखनाथ भण्डारी, सम्झना पोखरेलको उपस्थितीमा चेक हस्तान्तरण गरिएको थियो ।
 
नेजाले पाँचसय एक डलर राखेर गोफण्ड मार्फत सहयोग संकलन सुरु गरेको थियो । लामो समयदेखि पत्रकारितामा संलग्न गौतम विगत आठ महिनादेखि शरिरको कम्मरमुनिको भाग नचल्ने भएपनि निरन्तर थेरापीमा छन् । 
 
गौतमले नेजाको सहयोगप्रति आभार व्यक्त गरेका छन् ।