मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

हावाहुरीमा ३२ को मृत्यु, सात सय घाइते, अस्पतालमा ठाउँ र रगत अभाव

हावाहुरीमा ३२ को मृत्यु, सात सय घाइते, अस्पतालमा ठाउँ र रगत अभाव


वीरगन्ज । आइतबार साँझ अचानक आएको हावाहुरीसहितको असिनापानीका कारण बारा र आसपासका जिल्लामा हालसम्म ३२ जनाको मृत्यु भएको पुष्टि भएको छ भने सयौंको संख्यामा घाइते भएका छन् ।
 
प्रधानमन्त्री केपी शर्मा ओली तीनवटै सुरक्षा निकायलाई उद्धार तथा राहत वितरणका लागि परिचालन गरिएको बताएका छन् । उनले मौसममा सुधार आउने बित्तिकै उद्धारमा खटिन साँझदेखि नै निर्देशन दिएका थिए ।
 
सबैभन्दा धेरै प्रभावित बारा जिल्लाको कलैया अस्पताल अहिले घाइतेले भरिएको छ । बिरामीको उपचार गर्ने स्थानको अभावमा प्यासेजमा नै ओछ्यान लगाएर घाइतेको उपचार भइरहेको छ । त्यहाँ लगभग २०० जना घाइते छन् भने चिकित्सकको संख्या ५ जना रहेको छ । ठूलो हताहती भएकाले मृतकहरुको पहिचान हुन सकेको छैन ।
 
घाइतेको संख्या बढेपछि अस्पताल भरिएको र उपचारमा कठिनाइ भएको सरकारी अधिकारीहरुले जनाएका छन् । बिरामीको चापले रगतसमेत अभाव भएको छ ।