मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

भीषण आँधीहुरीले ३२ जनाको लियो ज्यान, गुडिरहेको बससमेत पल्टियो

भीषण आँधीहुरीले ३२ जनाको लियो ज्यान, गुडिरहेको बससमेत पल्टियो


वीरगंज । बारा र पर्सा जिल्लामा आइतबार साँझ आएको विनाशकारी आँधीहुरीका कारण कम्तीमा पनि  जनाको मृत्यु भएको छ । प्रदेश दुईका डीआईजी हरि पालका अनुसार मृत्यु हुनेमा बाराका अधिकांश मानिस छन् । बाराका मात्रै २ जनाको मृत्यु भएको उनले जानकारी दिए । कतिपयको अहिलेसम्म नाम पहिचानसमेत हुन सकेको छैन । 
 
राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार बारामा हावाहुरीले इँटा भट्टाको चिम्नी भत्किँदा ३ जनाको मृत्यु भएको थियो भने गुड्दै गरेको गाडी पल्टाउँदा २ जनाको मृत्यु भएको थियो । 
 
पत्रकार सिकेन्द्र पासवानका अनुसार बारामा मात्रै  जनाको मृत्यु भएको समाचार छ भने ६१२ जना घाइते भएका छन् । त्यसमध्ये २७० जना सामान्य उपचारपछि घर फर्किसकेका छन् भने ३४२ जनाको उपचार भइरहेको छ । ३०४ जना वीरगन्ज र ३८ जनाको कलैया अस्पतालमा उपचार भइरहेको छ ।
 
हावाहुरीका कारण वीरगन्जमा १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । अहिले पनि उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको डीआईजी पालले जानकारी दिए । सडकमा गुडिरहेका हलुका सवारी साधन र मोटरसाइकलसमेत अनियन्त्रित भएका थिए ।
 
कलैयामा ईटा उद्योगका चिम्नी भत्किँदा कैयौँ घाइते भएका छन् । घाइतेको अहिले वीरगन्ज अस्पतालमा उपचार भइरहेको छ । वीरगन्जमा ३०४ जनाको उपचार जारी रहेकाले त्यहाँ रगतको अभाव भएको बताइएको छ ।
 
हावाहुरीका कारण ठूलो जनधनको क्षति भएपछि सुरक्षा समन्वयको बैठक जारी छ । उद्धार र राहतकार्य भइरहेको छ ।