मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

दश अर्ब रुपैंयाको एनआरएनए सामुहिक लगानी कोष स्थापनकाका लागि समझदारी

दश अर्ब रुपैंयाको एनआरएनए सामुहिक लगानी कोष स्थापनकाका लागि समझदारी


हिमालयखवर संवाददाता
काठमाडौं- विदेशमा वस्ने नेपालीको संलग्नतामा प्रारम्भिक चरणमा करिव १० अर्ब रुपैंयाको सामुहिक लगानी कोष स्थापना गरिने भएको छ ।
 
गैर आवासिय नेपाली संघ (एनआरएनए)को अगुवाईमा यो लगानी कोष स्थापना गर्न लागिएको हो । यसका लागि काठमाडौमा अध्यक्ष भवन भट्ट र नेपाल सरकारका तर्फवाट उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय उद्योग विभागका महानिर्देशक विनोद प्रकाश सिंह विच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
 
यो म्युचल फण्ड म्यूचल फण्ड जस्ते कोष हो । एनआरएनएले एक दशक अघि देखिनै यस्तो कोषको अवधारणा ल्याएको थियो  । तर, व्यवहारीक झमेलाले यो कोष सचालनमा आउन सकेको थिएन । अहिले पनि यो कोषमा लगानी गर्नेको कानुनी हैषियत के हुने यो टुंगो लागेको छैन ।
 
कोषलाई कसरी व्यवस्थित रुपमा संचालन गर्ने भन्ने वारेमा एनआरएनएले धितोपत्र बोर्ड लगायतका निकायसंग पनि छलफल गरेको थियो । तर, कोषको खाका कस्तो हुने अझै सार्वजनिक भएको छैन । गृहकार्य भईरहेको वताईएको छ ।
 
एनआरएनएले प्रारम्भिक चरणमा कोष १० अर्ब रुपैंयामा हुने जनाएको छ । यसलाई वढाएर २० अर्ब सम्म वनाउने सोच राखिएको छ । कोषमा विदेशमा वस्ने नेपालीले लगानी गर्न सक्ने र यो रकम नेपालका विभिन्न योजनामा लगानी गरिने छ । यसवाट आउने प्रतिफल कोषका लगानीकर्ताले पाउने छन् । तर, लगानीले प्रतिफल वा नाफा दिन सकेन भने के गर्ने जस्ता प्रश्नहरु भने छन् ।
 
एनआरएनले लगानी कोष स्थापनाका लागि नेपालको प्रचलित कानुन अनुसार कम्पनी खडा गरिने छ । र कोष मार्फत नेपाल सरकारको प्राथमिकतामा परेका आयोजना तथा समग्र नेपालको हितमा रहने साना ठूलो परियोजनामा लगानी गरिने एनआरएनएले जनाएको छ । यस समभदारीको आधारमा स्थापना हुने कम्पनीले एनआरएनएको संजाल उपयोग गरी राष्ट्र निमार्णको अभियानमा समस्त विदेशमा वस्ने नेपालीलाई सहभागिताको अवसर उपलब्ध गराउने संघले प्रतिवद्धता जनाएको छ ।