मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

रमाइलो होलीमा धमाका (भिडियो सहित )

रमाइलो होलीमा धमाका (भिडियो सहित )


युलेस (टेक्सस) – यस वर्षको अन्तिम होलीका रूपमा गत आईतबार  युलेसमा रमाइलो होली सम्पन्न भएको छ । 
 
युलेसको बब इडन पार्कमा आयोजित होलीमा निकै भव्य सहभागिता थियो । त्यहाँ उपस्थित प्रहरी अधिकारीहरूले झण्डै एकहजार चारसय जतिको सहभागिता भएको जानकारी दिएका छन् । कार्यक्रममा विशेषगरि युवाहरूले अतिनै रमाइलो मानेर सकृय सहभागिता जनाएका थिए ।
 
कार्यक्रममा रमाइलो नृत्य समूह, डेजी वर्ल्ड, मण्डला ग्रुप, वाइल्ड स्काइ ट्राइबल र इशा समुहको नृत्य समावेश थियो । लाइभ व्याण्डमा निकै चर्चित अनरिटन कर्मा रहेको थियो । ड्यालस बाहिरबाट भने तीनवटा चर्चित व्याण्डका पूर्व सदस्यहरु  १४ बर्ष पनि फेरी संगै मंगोलियन हार्ट, नेवाज र उडस्टकका प्रस्तुतिले निकै रोमाञ्चकता प्रदान गरेको थियो । 
 
डिजे शुसान्त तथा डिजे समिरको सांगितीक धुनमा सहभागीहरू निकै झुमेका थिए । स्थानीय रमाइलो इभेन्ट, युनाइटेड नेपाल हेल्प नेटवर्क  र पृथ्बीनारायण शाह मेमोरियल कल्चरल एकेडमीको संयुक्त अायोजनामा यो होली भएको थियो ।