मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

लगातार एसईई प्रश्नपत्र बाहिरिएपछि सीआईबीले छानबिन गर्ने

लगातार एसईई प्रश्नपत्र बाहिरिएपछि सीआईबीले छानबिन गर्ने


काठमाडौं । प्रदेश नम्बर २ मा लगातार दुईदिनसम्म एसईई परीक्षाको प्रश्नपपत्र बाहिरिएपछि केन्द्रीय सुरक्षा समितिको बैठकले मुलुकभर प्रश्नपत्र रुजु गर्ने निर्णय गरेको छ । 
 
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा मुलुकभरका परीक्षा केन्द्रमा एसईईको बाँकी रहेका प्रश्नपत्र रुजु गर्ने निर्णय भएको छ ।
 
यसैबीच, प्रदेश २ का कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले संघीय सरकारका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको राजीनामा माग गरेका छन् ।
 
यादवले संघले षड्यन्त्रपूर्ण तरिकाले प्रदेश २ लाई बदनाम गराउन खोजेको आरोप लगाए । यसअघि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पनि यस्तै आरोप केन्द्र सरकारप्रति लगाएका थिए ।
 
प्रदेश २ मा अन्य विषयको पनि प्रश्नपत्र बाहिरिएको आशंका गरिएकाले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान थालेको छ । बिहीबार र शुक्रबार लगातार प्रश्नपत्र बाहिरिएपछि केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले अनुसन्धान गर्न लागेको हो । प्रहरी ब्यूरोको टोली दुई नम्बर प्रदेशतर्फ लागिसकेको छ ।
 
सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईइ) परीक्षामा भएका अनियमितताको छानबिन गर्ने जिम्मेवारी नेपाल प्रहरी केन्द्रीय अनुसन्धान विभाग (सिआइवी) लाई दिने निर्णय गरेको छ । 
 
आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा मन्त्रालयमा बसेको एसइई सुरक्षा समितिको बैठकले अहिलेसम्म भएका एसइई परीक्षामा भएको अनियमिताको छानबिन गर्ने जिम्मेवारी सिआइवीलाई दिइएको मन्त्रीका स्वकीय सचिव पुरन केसीले जानकारी दिए ।
 
सीआइवीले अहिलेसम्म भएका अनियमितता र परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको सम्बन्धमा छानबिन गर्ने छ । राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित एसइई परीक्षाको बिहीबार  प्रदेश नं।२ मा अनिवार्य विज्ञान विषयको प्रश्नपत्र बाहिरिएको थियो ।
 
प्रश्नपत्र बाहिरिएपछि उक्त विषयको परीक्षा यही चैत २२ गते तोकिएको छ ।  यस्तै बैठकले ७७ जिल्लामा अवदेखि सञ्चालन हुने विषयको अघिल्लो दिन नै मुचुल्का जाँच गर्ने भएको छ । 
शनिबार अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा, वेदविद्याश्रमतर्फ स् कर्मकाण्डरफलित ज्योतिस संस्कृततर्फ स् अनिवार्य संस्कृत भाषा प्राविधिकतर्फ स् कृषि तथा माछापालन, इलेक्ट्रिकल व्यवस्थापन र उपकरण, कम्युष्टर तथा सर्भे इञ्जिनीयर र म्युजिक अफ नेपाल विषयको परीक्षा हुँदैछ ।  
 
भोलि हुने ती विषयको प्रश्नपत्र ठिक छ वा छैन भनेर आज साँझ ६ बजेसम्म मुचुल्का परीक्षण गर्ने निर्णय गरेको स्वीकय सचिव केसीले बताए ।