मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

एसइईको परीक्षा रद्द भएपछि प्रदेश नं २ तनावग्रस्त

एसइईको परीक्षा रद्द भएपछि प्रदेश नं २ तनावग्रस्त


एसइईअन्तर्गत शुक्रबार हुने सामाजिक विषयको परीक्षा प्रदेश नं २ को सरकारले स्थगित गरेपछि विद्यार्थीले तोडफोड गरेको वीरगञ्जको अनुभूति कलेज । तस्बिर :   विजयकुमार महतो / रासस
 
काठमाडौं । प्रदेश २ मा शुक्रबार हुने सामाजिक विषयको परीक्षा रद्द भएपछि विद्यार्थीहरु सडकमा उत्रिएका छन् । विद्यार्थीको प्रदर्शन आगजनी र ढुंगामुढाबाट प्रदेश २ को राजधानी जनकपुरसहित विभिन्न सहर तनावग्रस्त बनेको छ । अनिवार्य सामाजिक विषयको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएपछि परीक्षा रद्द गरिएको हो ।
 
परीक्षा रद्द भएको आक्रोशमा वीरगञ्जका विद्यार्थीहरु सडकमा उत्रिएका छन् । उनीहरुले वीरगञ्जमा रहेको प्रहरी बिट तथा ट्राफिक लाइट तथा डिभाइडरमा आगजनी गरेका छन् । आक्रोशित विद्यार्थीले तोडफोड तथा आगजनी गरेपछि प्रहरीले ३ सेल अश्रुग्यास प्रहार गरेको छ ।दमकलद्वारा पानीको फोहोरा प्रहार गरेपछि थप आक्रोशित भएका विद्यार्थीले दमकल पनि तोडफोड गरेका छन् ।
 
मुख्यमन्त्रीको कार्यालय तोडफोड
 
परीक्षा रद्द भएपछि जनपुरका विद्यार्थी पनि आक्रोशित बनेका छन् । परीक्षा रद्द भएको सूचनालगतै विद्यार्थीहरु प्रदर्शन उत्रिएका छन् ।
 
प्रदेश २ को राजधानी रहेको जनपुरमा प्रदेश सरकारको कार्यालय अगाडी नाराबाजीसहित प्रदर्शन गरिरहेका छन् । आक्राशित विद्यार्थीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय ढुंगा प्रहार गरी तोडफोड गरेका छन् । आक्राशित विद्यार्थीको ढुंगा केही सवारीमासमेत क्षति पुगेको छ । आक्राशित शिक्षामन्त्रीको राजीनामा मागेका छन् ।
 
यसैबीच, परीक्षा रद्द विरोध रौतहटको चन्द्रनिगाहापुरमा बजारमा विद्यार्थीले प्रदर्शन गरेका छन् । प्रदर्शनमा उत्रिएका विद्यार्थीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरी नाराबाजी गरिरहेका छन् ।