मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

पावरबल ज्याकपटको पुरष्कार राशी ७५ करोड डलर पुग्यो

पावरबल ज्याकपटको पुरष्कार राशी ७५ करोड डलर पुग्यो


हिमालयखवर संवाददाता
अमेरिका – गत शनिवार पनि पावरवल कसैलाई परेन । यसले गर्दा पावरबल ज्याकपटको पुरस्कार राशि झन् ठुलो भएको छ । अव बुधवार खुल्ने पावरबल ज्याकपटको पुरस्कार राशि ७५ करोड अमेरिकी डलर पुगेको छ । नेपाली रुपैंयामा यो झन्डै ८० अर्ब हुन्छ । ज्याकपट परेपनि यो सबै रकम भने पांइदैन यसमा विभिन्न करहरू तिर्नु पर्ने हुन्छ । तर, सवैकटाउंदापनि यसको नगद मूल्य ४६ करोड ५५ लाख डलर अर्थात् झन्डै ५० अर्ब रुपैयाँ भने हुन्छ ।
 
तपाईँले २ डलर तिरेर किनेको पावरबल चिट्ठाका ६ नम्बर बुधवार पावरवल खुल्दा निस्कने नम्बरसंग मिलेभने तपाईँ एकाएक संसारका केही हजार धनी मध्येमा पर्नु हुने छ । तर, पर्ने सम्भावना भने झन्डै ३० करोडमा एक मात्र छ । कहीँ कतै कसैको भाग्यमा यस पटक भएन भने अर्को अर्को पटक यो चिट्ठा पर्ने नै छ ।
 
लगातार केही साता देखि कसैलाई पनि नपरेकाले पावरवल चिट्ठाको राशि ७५ करोड डलर पुगेको हो ।
 
चिट्ठाको राशि जति बढी भयो किन्नेहरुपनि बढ्छन् । केही महिना अघि एकजनाले एक अर्ब ५० करोड डलर राशिको चिट्ठा जितेका थिए ।