मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

नेपालगन्जको मुबारक बिरयानीमा राजदूत बेरी (भिडियो सहित)

नेपालगन्जको मुबारक बिरयानीमा राजदूत बेरी (भिडियो सहित)


हिमालयखवर संवाददाता-
काठमाडौं ।  स्थानीय जनजीवनसँग घुलमिल हुने, सम्पर्क बढाउने अमेरिकाको कूटनीतिक नीति हो । विभिन्न देशमा रहेका अमेरिकी कूटनीतिक नियोगका पदाधिकारीहरू सुरक्षा स्थितिलाई सम्झौता नगरी सर्वसाधारणसँग जोडिने गर्छन् ।
 
काठमाडौँ स्थित अमेरिकी दूतावासले राजदूत बेरीले नेपालगन्जको सामान्य होटेलमा विरयानी खाएको भिडियो राखेको छ । त्यहाँ बेरीले एक प्लेट होइन दुई प्लेट विरयानी सकाएका छन् । तर, उनले त्यहाँ अमेरिकी बहुराष्ट्रिय कम्पनीको उत्पादन फेण्टा पिउन भने छाडेनन् । पिरोलाई गुलियो फेण्टाले केही मत्थर पनि पार्‍यो होला ।
 
हामीहरू मध्ये धेरैको लागि नयाँ ठाउँ घुम्नु भनेको नयाँ खानेकुराहरू चाख्ने अवसर पनि हो । आफ्नो नेपालगन्ज भ्रमणको क्रममा राजदूत बेरीले मुबारक विरयानीमा पुगेर विरयानी खाँदा आफूलाई अत्यन्तै गजब लागेको सुनाउनु भयो, दूतावासले आफ्नो फेसबुकमा लेखेको छ ।
 
पूर्व राष्ट्रपति बाराक ओबामाले भियतनामको सामान्य रेष्टुरेण्टमा खानेकुरा खाएको तस्बिर निकै चर्चित भएको थियो ।
 
नेपालमा पनि यस अघि अमेरिकी राजदूत एलाइना टपलेजले आफ्नो काठमाडौँ बसाईमा नेपाली चाडपर्व अनुसार पोसाक लगाई नेपाली  संस्कृतिसँग निकट भएको देखाउने तस्बिरहरू दूतावासको फेसबुकमा आएका थिए ।