विचार / ब्लग

सुध्रिन बिदेशिनु नै पर्छ र ?

281 पटक पढिएको

- सुरेन्द्र रेग्मी

25th Mar 2019, Monday | २०७५ चैत्र ११, सोमबार ११:२५
विगत देखिनै नेपालीहरू विदेशिने क्रम चलिरहेको छ । विश्वका अधिकांश विकसित देशहरूमा नेपाली स्थाई वा अस्थायी रूपले बसिरहेका छन् । यसरी बस्ने अशिकांशले नेपालीपन नै लिएर बसेका छन । संस्कार नेपाली, व्यवहार नेपाली बोलीचाली भाषा नेपाली अनि समयको प्रयोग पनि नेपाली नै ।
 
केही दिन पहिला साथीहरूसँगको बसाइमा एकजना साथी भन्दै थिए, हामीले अमेरिकामा सिकेको मुख्य चार वटा कुरा छन् । समयको परिपालन, सम्मान, मेहनत, र इमान्दारिता ।
 
उनको कुरा ठिक हो भन्ने मलाई पनि लाग्यो । त्यो छलफलमा हामी नेपालमा हुँदा यिनी कुराहरू नजानेको कि नमानेको भन्ने प्रसङ्ग उठ्यो । अनि निष्कर्ष हामी धेरै जसोलाई यी सबै थाहा भएकै हो तर ब्यबहारिता फरक भन्ने लाग्यो । वास्तवमा यिनै सूत्रहरू इमान्दारिताका साथ जीवनमा लागू गर्ने हो भने मानिसले कहिल्यै दुःख पाउनुपर्दैन । सबै नागरिकले यही यिनै सूत्रहरूलाई व्यवहारमा लागू गर्ने हो भने कुनै पनि देश पछौटे हुनै पर्दैन ।
 
त्यो बसाइ पछि मनमनै विश्लेषण गरे यी यिनै सूत्रहरू थाहा त छ तर व्यवहारमा लागु गरिएको छ कि छैन । अनि निचोड निकाले हामीहरू धेरैले ब्यबहारत यिनी शुत्र प्रयोग नगरेको हो की भन्ने। हामीलाई थाहा छ तर व्यावहारिक रूपमा हामीहरू पालना किन गर्दैनौ । यसपछि प्रश्न उठ्दछ के यी कुरा सिक्न अमेरिका वा भनौँ विदेशै नै जानुपर्छ त ? पक्कै पनि नपर्नु पर्ने हो । नेपालमै बसेर यी अभ्यास गर्न सकिन्छ । यही अनुशासनमा रहेका नेपालमै बस्ने नेपाली धेरै छन् र उनीहरू माथि पुगी सकेका छन् ।
 
नेपालमा पनि प्रशस्त इमानदार मानिस छन् । जो समयको महत्त्व बुझेर यसलाई सम्मान गर्दै निरन्तर मेहनत गरी रहन्छन् । थोरै मानिस मात्र यस्ता भएको हुनाले यिनीहरूको मेहनतले मात्र देश अगाडी जान नसकेको हो । तिनीहरूलाई तिनीहरूको योगदानलाई चिनाउन सबैभन्दा पहिले सञ्चार संस्था र पत्रकार लाग्नु जरुरी छ । जेलाई पनि नकारात्मकताकको चस्माले हेर्ने बानी कम गराउँदै लैजानुपर्छ । झन् अहिले च्याउ झैँ उम्रेका अनलाइन पत्रिकाले यस्तो पितपत्रकारिता गर्न लागेका छन् कि पत्रकारिता नै कलङ्क हुन् लागे जस्तो भएको छ । अनि सामाजिक सञ्जाल प्रयोगकर्ताहरू पनि उस्तै । पत्रकार/पत्रकारिताले श्रोता, पाठक, दर्शकलाई सकारात्मक समाचार र सन्देशहरूमा बानी लगाउनुपर्छ । सकारात्मक काममा अभिप्रेरित गर्दै सहभागी गराउनुपर्छ ।
 
सबैलाई थाहा नै छ, समयको पालना सफलताको सूचक हो । यसको पालनाले व्यक्ति सफल हुन्छ यसले ब्यक्तिलाइ मात्र होइन राष्ट्रलाई पनि सफल बनाउनेछ । तर यसको दुरुपयोग हाम्रो नेपालमा बढिने भएको छ कि ? केही उदाहरणको रूपमा हाम्रो मातृभुमी नेपालमा एकाबिहानै देखी स्कुल कलेजका विद्यार्थीहरू चिया र चुरोटका साथमा होटेल रेस्टुरेन्टहरूमा भिडभाड बनाएका हुन्छन् । सरकारी कार्यालयका कर्मचारी हुन या स्कुल क्याम्पसका शिक्षक हुन वा अरु कुनै सर्व साधारण मानिस हुन चिया र चुरोटका साथमा होटेल रेस्टुरेन्टहरूमा भिडभाड जमाउनु वा पत्रिका पसलमा ग्राहकलाई सामान किन्न दिने ठाउँ पनि नराखी पत्रिका पढेजस्तो (यहाँ पत्रिका पढेको जस्तो भन्नाले सर्सर्ती शिर्शक पढनेहरुको जमातलाई जनाउन खोजिएको छ। जो वास्तविक पत्रिका पढ्दछ उसले घरमा किनेर पढ्ने गर्दछ सामान्नेतया ।) गरेर बस्नु नै दिन चर्या हुन्छ । यस्तै साँझ परेपछी भट्टीमा भीड हुन्छ अधिकांशको  ।
 
कस्तो विडम्बना भने विद्यार्थीको लत चुरोटमा, अनि पाका मानिसको लत चुरोटमा र मदिरामा, घरको अधिकांश जिम्मा महिलाको टाउकोमा । अनि यहि पारा विदेशमा पनि गर्न खोज्ने प्रवृत्ति पनि छ । तर विदेशको कानुन,  विविध बाध्यता कारणले मरीच चाम्रिएर बस्न बाध्य भयका छन् ।
 
धूम्रपान र सुर्ती सेवनले धेरैलाई क्यान्सर गराएको छ । धूम पान, मध्यमान र मदिरा खानेले सुरु–सुरुमा मैले खाएँ भन्ठान्छ पछि चुरोट, रक्सी र सुर्तीले उसैलाई खान थाल्छ । यसमा लाग्ने रोगले देश खान्छ । मदिरा सेवनका कारण विश्वमा प्रत्येक वर्ष साढे दुईदेखि तीन लाखको मृत्यु हुने गरेको तथ्याङ्कले देखाएका छन् । यो समस्या १५ देखि ६० वर्षसम्मका पुरुषमा धेरै पाइएको छ । मदिराले शरीरका सम्पूर्ण अङ्ग र प्रणालीलाई असर गर्छ । विशेष गरी रक्तसञ्चार, स्नायु तथा पाचन प्रणालीमा यसको असर बढी हुन्छ । कलेजोको रोग भएर अस्पताल पुगेका ६० प्रतिशत वयस्कले मदिरा सेवन गरेको देखिन्छ ।
 
एउटा अध्ययनले केसम्म देखाएको छ भने, विकसित देशमा मदिराको प्रयोग र यसबाट हुने रोग घट्दो क्रममा छ भने विकासोन्मुख देशमा बढ्ने क्रममा । महिलामा मदिराको असर पुरुषमा भन्दा अझ गम्भीर हुने गर्छ । थोरै मात्राले पनि महिलामा छोटो समयमै मदिराका असर देखिन्छन् । अनि आर्थिक उनननयको, बौद्धिक उन्नयन, परिबारको भविष्यको योजनाले बिदेशिएका नेपाली पनि यस्तै लतमा फस्दै गइरहेको स्थिति छ । तसर्थ आफ्नो सपना साकार बनाउन सबैभन्दा पहिले व्यक्तिको आनिबानी असल हुनु आवश्यक छ ।
 
यतिसम्म लाचारीपनले डेरा जमाएको छ कि आफ्नो कार्यकक्षमै राखिएको डस्टबिनमा फोहोर हाल्ने अादत पनि छैन । विद्यार्थीहरूको पनि यस्तै अबस्था देखिन्छ । त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, संस्कृत विश्वविद्यालय लगायतबाट हासिल गरेको प्रवीणता प्रमाणपत्र तह, स्नातक, स्नातकोत्तर र विद्यावारिधिको प्रमाणपत्र छातीमा टाँसेर मात्रै पनि के गर्नु ? आफूले प्रयोग गरेको वस्तुबाट उब्जेको फोहोरसम्म डस्टबिनमा हाल्ने ज्ञान नभएपछि । अनि यही ज्ञान बोकेर बिदेशिए पछि फेरी सुरुसुरु बानी सुधारिहाल्छ विदेशमा बसुन्जेलसम्म । किन यस्तो हुन्छ त नेपालमा यही कुरा किन व्यवहारमा कमैले मात्र लागु गर्छन् ?
 
धेरै जसो नेपालीको पहिचानको रूपमा रहेको खराब बानी छ नि, नाक, कान कोट्याउने, टाउको कन्याउने आदिआदि ।
 
यो बानी विकसित देशका मानिसले सामान्यतया गरेको देखिँदैन । तर नेपालीले बाटोमा हिँड्दाहिँड्दै पसलहरू सामान किन्दा वा अरू मानिसको जमघट भएको ठाउँमा आफ्नो कार्यक्षेत्र कार्य गरिरहँदा नाक, कान कोट्याउने, टाउको कन्याउने कार्य नजानिँदो तरिकाले गरिरहेको देख्न सकिन्छ । यही बानी हामी विदेशमा पनि दोहोराउने गरिरहेका अवस्थाहरू हुन्छन् ।
 
यती मात्रा कहाँ हो र नेपालमा त हप्तामा एक दिन नुहाउने चलन छ । फोहोर शरीर, पसिनाले, फोहोरले लतपतियका लुगा लगाउने पनि बानी नै छ नेपालीको । अनि जहापायो त्यही पिच्चपिच्च थुक्नमा कति नै महान् कामनै गरेजस्तो महुसुस गर्ने हामी नेपाली नै हो । यी यस्ता बानी सुधार्न पनि बिदेशनै जानु पर्ने ?
 
जो–कोही समयको परिपालना र आत्मानुशासनमा इमानदार हुनै पर्दछ । नैतिकता, इमानदारिता केही पनि नहुनेले राज्य सञ्चालनबाट बाहिर रहनु पर्छ । यस्तै नैतिकता, इमानदारिता नभएका, समयको परिपालना नगर्ने मानिसहरूको भिड देशमा रहिरहनु नेपाल बन्न नसक्नुको एउटा अर्को कारण हो । सधैँ सकारात्मक सोच राख्नु आफैलाई उच्च बनाउने आधार हो । विश्वको सफल मानिसको कथा पछाडि समयको परिपालन, सम्मान, मेहनत, र इमान्दारिता नै प्रमुख सूत्र हो । विदेशमा गएर सफलताको स्वाद खाने निपलीहरु पनि यही बानीलाई परिवर्तन गरेर नै हो । मेहनत गर्न बानी समयको सदुपयोग गर्न बानिलेनै हो । अल्छी गर्नेहरू बिदेशियर पनि धेरै पछि परेको यथार्थता सबैका सामु छर्लङ्ग छ ।
 
अहिलेसम्म पनि अस्थिरता, अन्योलता, अकर्मण्यता र अराजकताले देश रूमलिएको छ । गरिबी, अशिक्षा, बेरोजगारी, भोकमरी आदिले ग्रसित भयको कुरालाई हामीहरूले भुल्नु हुँदैन । गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगार मानिसका जन्मसिद्ध अधिकार हुन । तर दु:खको कुरा यिनै कुराबाट कतिपय नेपाली वञ्चित भयका छन् । अनि कहाँबाट समयको परिपालन, सम्मान, मेहनत, र इमान्दारिता जस्ता कुरा व्यवहारमा देख्न पाउनु । तर यिनी आबस्यका पुरा भयका मानिसहरुपनि चुकेको यथार्थता भुल्नु हुन्दैन ।
 
कतिपय आवरणमा सभ्य, भलादमी, निर्दोष देखिने चेहरा भित्र लुकेको अपराध मानसिकता, भ्रष्ट मानसिकता बोकेका सभ्य देखिने ब्यकतिहरुले पनि समाजलाई समयको परिपालन, सम्मान, मेहनत, र इमान्दारिता नेपालमा नभयको देखिएका छन् । यस्तै भ्रष्ट, नैतीकताहिन मानिसहरू पैसाको भरमा शक्तिमा, सत्तामा पुग्ने जुन परिपाटी छ यसलाई पनि पुरै निर्मूल गर्नु आवश्यक छ । यो वा त्यो बहानामा एक नेपालीले अर्को नेपालीले ठग्ने दु:खुद घटनापनी दोहोरिइरहेका हुन्छन् हाम्रो समाजमा । त्यसैले सबैनेपालीले समयको परिपालन, सम्मान, मेहनत, र इमान्दारिता आफूमा आजैबाट सुरु गरिहाल्लौन । भनाइ छ नि संसार बदल्नु छ भने आफैबाट सुरु गरौँ।
 
अहिले बहुदल, लोकतान्त्रिक गणतन्त्र हुँदै समावेशी बहुलवाद नेपाली समाजको राजनीतिक चरित्रको रूपमा व्याख्या गरिरहँदा पनि नेतृत्व यति धेरै ढोँगी, भ्रष्ट, दलाल र अराजक छ कि देशलाई माथि उठाउन खासै लागिपरेको छैन ।
 
हामीलाई थाहा छ नेपालको धार्मिक तथा सांस्कृतिक भाग्यवादी सोचले सङ्कुचित सामन्तवादी राजनीतिक वर्गको निर्देशनमा नोकर शाही कर्मचारीतन्त्रको नेतृत्वले आधुनिक विकासको लय समाएर समग्र देश विकासको मार्गचित्रमा काम गर्न नसकिरहेको अवस्था । यसैले आफ्नो अत्यन्त साँगुरो वर्गीय स्वार्थ वरिपरि नेपालको नेतृत्व केन्द्रित हुनाले आम नेपाली परनिर्भरता को साङ्लोमा बाँधिएर अबिकासको बन्दी हुनुपरेको हो। अनि नेतृत्व सुधार पनि विदेशमै गएर हुने बोकी ?
 
जसरी अहिलेको विश्वमा प्रविधिमा परिवर्तन भएको छ, त्येसैगरी नेपालको प्रवृत्ति पनि फेरिँदै जानु पर्छ । प्रविधि त भित्राउन सकिन्छ होला नि? आफूलाई फेर्नुपर्ने दबाबमा रहेका राजनीतिक पार्टी त्यही नेपालबाटै फेरिनुको विकल्प त छैन । यिनी पार्टीहरू सुधार्दिनै लोकतान्त्रिक, सुशासित, पारदर्शी र नागरिकप्रति उत्तरदायी भयमा, राजनीतिलाई समाज सेवाको रूपमा लिएमा, आम नेपाली सबैले समयको परिपालन गरेमा, सबै मेहनती, र इमान्दार भएमा नेपालको समृद्धि सजिलै चुलिन सक्छ । सहज अवस्था हुँदै गएमा विदेशमा रहेका हजाराै दक्ष नेपाली फर्कन तयार छन् । आफूलाई बिश्व जनुसुकै अब्बल मानिस भन्दा कम नभयको प्रमाणित गरेका नेपाली नेपालको सेवा गर्न आतुर भएर बसेका छन् ।
 
- टेक्सस अमेरिका