मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

मेलिना राईको आवाजमा ‘कति बोलाउ निर्मोहीलाई’ सार्वजनिक

मेलिना राईको आवाजमा ‘कति बोलाउ निर्मोहीलाई’ सार्वजनिक


अमेरीकाको रमणीय शहर टेक्ससको युलेस वरपर चर्चित गायिका मेलिना राईको स्वरमा सजिएको आधुनिक गीत 'कति बोलाउ निर्मोहीलाई'को म्युजिक भिडियो BODHI HD को यूट्यूब च्यानल https://youtube.com/bodhihd बाट सार्वजनिक भएको छ । रमेश एमके पौडेलको शब्द/रचना तथा डा किराँतको संगीत रहेको यस गीतलाई नेपाली चलचित्रका चर्चित निर्देशक नारायण पुरीले निर्देशन गरेका हुन भने लोकप्रिय नेपाली साङ्गीतिक समूह ‘कर्मा ब्याण्ड’का लिड भोकलिष्ट सुरेन्द्रमान सिंहको छायाँङ्कन रहेको छ । भिडियोलाई बद्री लामिछानेले सम्पादन गरेका हुन् ।
 
"आधुनिक विधाको यो गीतलाई मेलीना राईको आवाज अत्ति सुहाएको छ । मलाई आशा छ माया, संयोग र विछोडका प्रसङ्ग समेटिएका शब्दहरुलाई आदरणीय श्रोता, दर्शकहरुले मन पराउनुहुनेछ । गीतको छायांकन तथा प्राविधिक कुराहरुमा कुनै किसिमका सम्झौता गरेका छैनौं । छायांकनका लागि रोजिएका स्थानहरु रमणीय छन् भिज्वली सुहाएका छन् ।" रचनाकार पौडेलले बताउनुभयो ।
 
रचनाकार पौडेलले यसअघि सफल चलचित्रहरु रुद्रप्रिया, राज्जा रानी लगायत दर्जनौं चलचित्र निर्माण गरिसक्नु भएको छ । पौडेल नेपाली रेडियो, टेलिभिजन तथा डिजिटल टेलिभिजन अध्ययन तथा स्थापनामा एउटा स्थापित संचार उद्यमी हुनुहुन्छ । निरन्तर साहित्य सृजनामा सक्रिय लेखक पौडेलका अन्य गीतहरु पनि सार्वजनिक हुने तयारीमा छन् ।
 
टेक्सासका तालतलैया देखि विभिन्न रमणीय स्थलहरुमा छायाँङ्कन गरिएको यस गीतमा दर्जनौ म्यूजिक भिडियोमा अभिनय गरेकी सुनिक्षा मैनालीले अभिनय गरेकीछिन । भर्जिनिया निवासी मैनालीले अभिनेता दिलिप रायमाझीदेखि अन्य धेरै चर्चित अनुहारहरुसंग भिडियोमा अभिनय गरी सकेकी छिन् । उनको जोडीका रुपमा राकेश सहनी देखिएका छन् ।
 
रमेश एमके पौडेलको शब्द रचना रहेको गीतलाई BODHI HD को निर्माण तथा 8848 मिडिया हाउसको सहकार्य रहेको छ ।
 
डा किराँतको संगीत रहेको गीतसंगै पौडेलको रचना सहितको ५ वटा गीत समावेश रहेको एल्बम ‘सम’ छिट्टै बजारमा आउँदैछ । एल्बममा रामकृष्ण ढकाल, राजेश पायल राई लगायतको स्वर तथा कन्काईष्ट राईको सङ्गीत रहेको छ । गीतकार पौडेलले टेक्ससमा बसेर अनलाईन टिभी, रेडियो तथा म्युजिक भिडियो तथा चलचित्र निर्माण सम्बन्धी काम गदै आएका छन् ।