ड्यालस (टेक्सस) – २०१९ अर्थात नेपाली सम्वत अनुसार २०७५ सालको अन्तिम होली आइतबार टेक्ससको युलेसमा आयोजना हुँदैछ ।
रमाइलो इभेन्टको मुख्य आयोजना तथा भरखरैमात्र स्थापित पृथ्वीनारायण शाह मेमोरिएल कल्चरल एकेडमीको सहआयोजनामा युलेसको बब इडेन पार्कमा होली आयोजना हुन लागेको हो । शनिबार हुने भनेर कार्यक्रम तय भएतापनि मौसमको कारणले एक दिन पछि सारिएको आयोजकले जनाएका छन् ।
बिभिन्न सांगितीक समुहहरुका साथमा नृत्य समुहले समेत प्रस्तुती दिने यो होलीमा सबैलाई प्रवेश निशुल्क गरिएको छ ।
रमाइलो होलीमा विशेषगरि युवावर्गलाई लक्षित गरेर कार्यक्रमहरु तयार पारिएको छ । आइतबार दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म होली कार्यक्रम हुनेछ ।
प्रतिक्रिया