मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

अमेरिकाको लसएन्जल्समा रंगहरुको पर्व होली सम्पन्न

अमेरिकाको लसएन्जल्समा रंगहरुको पर्व होली सम्पन्न


क्यालिफोर्निया(अमेरिका)- मधेसी एसोसिएसन इन अमेरिका, क्यालिफोर्निया च्याप्टर, नेपाल अमेरिका एकता समाज र सिटी अफ आर्टेशियाको संयुक्त आयोजनामा हिन्दूहरुको रंगहरुको पर्व होली यसपाली लसएन्जल्समा सम्पन्न भयो ।
 
यो चाँड विशेष गरि हरेक बर्षको फागुण शुक्ल तथा फागु पुर्णिमाको दिन मनाईन्छ । यो नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दु हरुको विशेष चाँड हो । होलीको दिन मानिसहरुले एक आपसमा रगंहरु हालेर तथा रंगहरु सँग खेल्ने पर्व हो ।सो कार्यक्रममा एनआरएनए अमेरिकाका बरिष्ठ उपाध्यक्ष सुनिल शाह प्रमुख अतिथ्यतामा र सिटी अफ आर्टेशिया का सक्रिय सहभागितामा कार्यक्रम सम्पन्न गरियो ।
 
कार्यक्रममा उपस्थित हुने सहभागीहरुलाई स्वागत गर्दै मधेसी एसोसिएशन इन अमेरिका क्यालिफोर्निया च्याप्टरका अध्यक्ष दिनेश शाह र नेपाल अमेरिका एकता समाजका अध्यक्ष चन्द्र शिवाकोटीले होलीको रमाईलो लिन र एक अर्काबिच  माया सदभाव को साथ होली खेल्न आह्वान गरेका थिए ।
 
कार्यक्रममा सिटि अफ आर्टेशियाको मेयर टोनी लीमाले हाम्रो  नेपाली समुदायको यस्तो सांस्कृतिक पर्वहरुले एक अर्काबिच घनिष्ठता तथा स्नेह,नेपाली समुदायको पहिचानको साथै सहकार्यताको भावना बढाउनेछ भन्दै शुभकामना मन्तव्य दिनुभएको थियो ।
 
नेपाली कांग्रेस रौतहट जिल्लाका अध्यक्ष कृष्ण यादवले पनि अमेरिकामा रहेर पनि आफ्नो धर्म ,संस्कृतिलाई जगेर्ना गरेकोमा आफुले गौरवान्वित भएको भन्दै होलीको शुभकामना दिनुभएको थियो । लसएन्जल्स क्षेत्रमा बसोबास गर्ने झण्डै ३०० जनाको हाराहारीमा बाक्लो उपस्थिति रहेको थियो ।