मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

ह्युस्टनका नेपालीले मनाए होली

ह्युस्टनका नेपालीले मनाए होली


हिमालयखबर- 
ह्युस्टन , टेक्सास । आइतबार बिहान स्थानीय पशुपति मन्दिर प्राङ्गड रंगीन देखिन्थ्यो । बालबालिकादेखि बयस्कहरु सबै थरिथरिका रंग र अबिरले पोतिएर खुशी साटिरहेका थिए । गीत संगीतमा झुमिरहेकाहरु बेपर्वाह रंगीन पर्वको आनन्द लिइरहेका थिए । लाग्थ्यो त्यहाँ खुशी र उन्माद मात्रै छ । 
 
त्यो उत्साह होली पर्वको थियो , आफ्नो संस्कॢति र परम्पराप्रतिको माया थियो जस्लाई यहाँका नेपालीहरु उजागर गर्दै थिए । हिमालयन कल्चरल सेन्टर र नेप्लिज एशोसिएसन अफ ह्युस्टनको आयोजना तथा एशोसिएसन अफ नेपाली तराइएन इन् अमेरिका , गुल्मी समाज -ह्युस्टन लगायतका संस्थाहरुको सहभागितामा होली पर्व मनाउने व्यवस्था गरिएको थियो । 
 
ह्युस्टनमा गत वर्षदेखि नेपालीहरुले आफ्नै सक्रियतामा यो पर्व मनाउन थालेका हुन् । चिसो मौसमका कारण  मानिसहरुको सहभागिता गत वर्षको तुलनामा कम देखिए पनि उत्साहमा भने कमी थिएन । खासगरी बालबालिका रंग साटासाट गर्दै रमाइरहेको दॢश्य आकर्षक देखिन्थ्यो । अर्कोतिर गुल्मी समाजले प्रस्तुत गरेको पंचेबाजाले होली पर्वलाई अझै नेपालीपन दिएको थियो । 
 
बालबालिकाकालागि आयोजना गरिएको आर्ट प्रतियोगिता र बाउन्सी हाउसले उनीहरुलाई थप आकर्षण दिएको थियो । 
 
एन्टाको सौजन्यमा ह्याप्पी होली लेखिएको सेतो टीसर्ट बिक्रीमा राखिएको र त्यसबाट उठेको रकम  पशुपति मन्दिरलाई दिने जानकारी गराइएको थियो । त्यस्तै गुल्मी समाजले राखेको सोडा र स्न्याक्स बिक्रिबाट आउने रकम पनि मन्दिरलाई प्रदान गरिने कुरा बताइएकोछ । त्यसैगरी आसियाना रेष्टुँराले व्यवस्था गरेको खाना बिक्रिबाट आएको नाफा पनि पशुपति मन्दिरलाई प्रदान गर्ने कुरा जनाइएकोछ । 
 
ह्युस्टनको चर्चित कार बिक्रेता स्टर्लिंग म्याककल टोयोटाले उक्त कार्यक्रमको प्रायोजन गरेको जानकारी एनएएचका उपाध्यक्ष द्रोण गौतमले जानकारी गराएका थिए । 
 
बिहान ११ बजेदेखि शुरु भएको होली उत्सव अपरान्ह ४ बजेसम्म चलेको थियो । 
 
होली उत्सव :