मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

अमेरिकामा लवकका नेपालीहरूले होलीपर्व मनाए

अमेरिकामा लवकका नेपालीहरूले होलीपर्व मनाए


लवक(टेक्सस)-  अमेरिकाका विभिन्न शहरहरूमा होली पर्व मनाउनेक्रममा टेक्सासको लवक शहरमा पनि यहॉका नेपालीहरूले होली उत्सव मनाएका छन् । होलीपर्वको पूर्व सन्ध्यामा यहॉस्थित टेक्सास टेक युनिभर्सिटीमा अध्ययनरत नेपाली विद्यार्थीहरूको पहलमा होजेज पार्कमा उनीहरू जम्मा भई आज आईतबारका उक्त पर्व मनाएका हुन् । जीवनलाई सप्तरंगी वनाउदै उत्साह एवं हर्षोल्लासमय वनाउने उद्देश्यले यो पर्व मनाउने गरिन्छ ।
 
सातसमुद्रपारी होली पर्व मनाउन पाएकोमा निकै खुशी लागेको वताउदै खुलेर सप्तरंगी भावनाको आदान-प्रदान गर्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको उक्त आयोजनाका पहलकर्ता विद्यार्थी कुशल अधिकारिले बताए । 
 
टेक्सास टेक विश्वविध्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूको संगठन नेपाल विद्यार्थी संघ- टेक्सास टेकका अध्यक्ष समेत रहेका अधिकारीले आयोजनालाई संस्थागत भन्दा स्थानिय समुदायकै तर्फबाट सहभागिता जनाउने गरि अनौपचारिकरूपमा कार्यक्रम तय गरिएको वताए । सातसमुद्रपारी यसरी होली मनाउनु मनोरन्जनसाथै जन्मभूमीको कलासंस्कृतिप्रतिको सम्मान रहेको  लवकस्थित नेपाली समाजका पूर्व अध्यक्ष वरिष्ठ वैज्ञानिक माधव पाण्डे वताए ।
 
सातसमुद्रपारीको एउटा सानो शहर भएपनि यहॉका नेपालीहरूको नेपाली सॉस्कृतिप्रतिको भावना निकै सम्मानयोग्य रहेको पत्रकार एवं नेपाल अमेरिका पत्रकार संघका निवर्तमान अध्यक्ष भोला आचार्य वताउछन् । एकअर्काबीच होलीपर्वको अबसरमा यहॉका नेपालीहरूले शुभकामना आदान-प्रदान गर्दै खुशी साटासाट गरेका थिए । मेलमिलापको भावना व्यक्त गर्ने यसखालका पर्वहरूले यहॉका मेपालीहरूलाई एकतामा बॉध्नेमात्र होईन जन्मभूमिप्रतिको संम्झना र सम्मान दर्शाउने गरेका छन् । 
 
लवक शहरमा २/३ सय नेपालीहरूको बसोबास रहेको वताईन्छ ।