मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएन अमेरिकाको आधिकारिक सदस्य ९ हजार २१

एनआरएन अमेरिकाको आधिकारिक सदस्य ९ हजार २१


हिमालयखवर संवाददाता
अमेरिका – गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएन) अमेरिकाको सदस्य संख्या ९ हजार २ सय १८ कायम भएको छ । सदस्य प्रमाणीकरण समितिले साधारण सदस्य ८ हजार १५१ र आजीवन सदश्य १ हजार ६७ कायम गरेको हो ।
 
यी सदस्यहरूलेनै एनआरएन अमेरिकाको आगामी कार्यकालका लागि हुने निर्वाचनमा मत दिन पाउँछन् । नयाँ सदस्यता भने अहिलेपनि लिन पाइन्छ तर, आउने निर्वाचनमा मत हाल्न पाइदैन ।
 
एनआरएन अमेरिकाको सदस्य संख्या पहिले भन्दा घटेको हो । यस अघि एनआरएन अमेरिकाको सदस्य १५ हजार भन्दा वढी थियो । यसले गर्दा एनआरएन अमेरिका एनआरएनए आईसीसीमा सवै भन्दा वढी सदस्य रहेको राष्ट्रिय समन्वय परिषद भएको थियो । अहिले सदस्य घटेकाले यो रेकर्ड कायम हुन्छ हुन्न भन्नेमा आशंका छ ।
 
सदस्यता लिने अन्तिम समयमा एनआरएन अमेरिकाको अनलाइन प्रणालीमा समस्या आएको थियो । यस्तो समस्या नआएको भए सदस्यता १० हजार पुग्ने थियो । सदश्यता लिन अनलाइनमा किन समस्या आयो यो अहिले पनि विवादको विषय वनेको छ । निर्वाचनको नाफा नोक्सानलाई हेरेर अनलाइनमा समस्या सृजना गरिएको हो भन्ने प्रश्न पनि उठेको छ । सम्वन्धित पदाधिकारीले यसको खण्डनपनि गरेका छन् । तर, यो प्रश्न पटक पटक भने उठ्ने गरेको छ ।
 
एनआरएन अमेरिका निर्वाचन समितिले नयाँ नेतृत्वका लागि निर्वाचनको दिन भने घोषणा गरेको छैन । निर्वाचन समितिका संयोजक अमेरिका वाहिर भएकाले पनि निर्वाचन कार्यक्रम घोषणामा ढिलाई भएको हो । मे महिना भित्र निर्वाचन प्रकृया पुरा गर्ने निर्वाचन समितिको तयारी छ ।
 
नयाँ नेतृत्वका लागि उम्मेदवार घोषणा गर्ने क्रम भने वढिरहेको छ । अध्यक्ष लगायत अन्य पदका आंकाक्षीहरु पनि बढीरहेका छन ।