मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

सुपरहिट फिल्म ‘छक्का पञ्जा २’ पुनः हलमा लाग्ने

सुपरहिट फिल्म ‘छक्का पञ्जा २’ पुनः हलमा लाग्ने


काठमाण्डौ – २०७४ सालको दशैंमा रिलिज भएको सुपरहिट फिल्म ‘छक्का पञ्जा २’ पुनः हलमा लाग्ने भएको छ । दर्शकहरुको चाहना बमोजिम फिल्म रि-रिलिज गर्न लागिएको अभिनेता तथा निर्माता दीपकराज गिरीले बताएका छन् । अर्को वर्षको दोस्रो साता अर्थात् बैशाख १३ गतेबाट फिल्म देशभर पुनः एकपटक प्रदर्शनमा आउने तय भएको छ । यो मितिमा कुनै फिल्म प्रदर्शनमा आउँदै छैनन् । 
 
हलिउडको बहुप्रतिक्षीत फिल्म ‘एभेन्जरः इन्ड गेम’ आउन लागेका कारण यो मितिमा कुनै नेपाली फिल्म प्रदर्शनमा आउन नसकेका हुन् । यसअघि यो मितिमा प्रतिक्षीत फिल्म ‘दाल भात तरकारी’ आउने कन्फर्म भएको थियो । तर, शुक्रवारमात्र ‘एभेन्जर’ को डरले यो फिल्म एक हप्ता पछाडि सरेको छ । यसैको फाइदा उठाउँदै ‘छक्का पञ्जा २’ फेरि हलमा रिलिज हुन लागेको हो । 
 
हलमा रिलिज भएको डेढ वर्ष वितिसके पनि यो फिल्म अझै युट्युबमा रिलिज भएको छैन । यो फिल्म युट्युबमा पर्खेर बस्ने दर्शक धेरै छन् । तर, निर्माण टिमले तत्काल युट्युबमा रिलिज गर्नेभन्दा पुनः हलमा फिल्म प्रदर्शन गर्ने निर्णय लिएको छ । 
 
बैशाख १३ मा कुनै नेपाली फिल्म नभएका कारण ‘छक्का पञ्जा २’  ले पुनः एकपटक सिंगल थिएटरमा दर्शक तान्न सक्ने फिल्म पण्डितहरुको आँकलन छ ।