मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवन स्काउटको रिफ्रेसर तालिम

चितवन स्काउटको रिफ्रेसर तालिम


भरतपुर । नेपाल स्काउटको वार्षिक कार्यक्रमअन्तर्गत नेपाल स्काउट चितवनको आयोजना एवम् स्मल हेभन आमावि कल्याणपुरको सहयोगमा स्काउट टुप लिडर र स्काउटका लागि अन्तक्र्रिया एवम् रिफ्रेसर तालिम सम्पन्न भएको छ । 
 
३५ विद्यालयका १०० भन्दा बढी स्काउट/स्काउटरको सहभागिता रहेको तालिममा विश्व श्रेष्ठले प्रशिक्षण दिएका थिए । 
 
स्मल हेभन आमाविका प्रिन्सिपल गणेश थापाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी जनकलाल पन्तले स्काउटले अनुशासित, इमान्दार र चरित्रवान् युवा निर्माण गर्न सकेकोमा प्रशंसा गरे । 
 
कार्यक्रममा जिल्ला आयुक्त तीर्थराज न्यौपाने, सदस्य सचिव रामप्रसाद पोखरेल, टेकबहादुर कार्की, जर्नादन ढकाल, मुक्तिनाथ ढकाल, दिनेश पाण्डे, गायत्री शर्मालगायतले मन्तव्य राखेका थिए ।