मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

न्युजिल्याण्डमा बन्धुकधारीको हमलामा ४९ जनाको मृत्यु

न्युजिल्याण्डमा बन्धुकधारीको हमलामा ४९ जनाको मृत्यु


न्युजिल्याण्ड । न्युजिल्याण्डको क्राइस्ट चर्चका दुई मस्जिदमा शुक्रबार भएको बन्धुकधारीको हमलामा कम्तीमा ४९ जनाको मृत्यु भएको छ । हमलामा परी २० जना भन्दा बढी गम्भीर घाइते भएका छन्।
 
बन्दुकधारीहरूले क्राइस्टचर्च सहरका दुई मस्जिदमा शुक्रबारको प्रार्थना गर्न भेला भएकाहरूमाथि अन्धाधुन्द गोली चलाएका थिए।
 
न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले यो गोलीकाण्डलाई आतंकवादी हमला भनेकी छन्। प्रधानमन्त्री आर्डर्नले मृत्यु हुनेहरूको संख्या पुष्टि गर्दै आजको दिन आफ्नो देशको कालो दिन भएको बताएकी छन् । यो घटनासँग सम्बन्धित एक महिलासहित चार जनालाई हिरासतमा लिएको पनि बताएकी छन्।
 
क्राइस्टचर्च यी पीडितहरूको घर थियो। यीमध्ये धेरै त सायद यहीँ जन्मेका थिए। धेरैका लागि न्युजिल्याण्ड उनीहरूको मनपर्ने देश थियो। आज न्युजिल्याण्डकै सबभन्दा कालो दिनमध्ये एक हो। न्युजिल्याण्डका प्रहरी कमिश्नर माइक बुशले चार जना पक्राउ परे पनि खतरा भने टरेको भन्न सकिने अवस्था छैन।
 
हमला गर्नेमध्ये एक जना अस्ट्रेलियाका २८ वर्षीय नागरिक भएको अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन जानकारी दिएका छन्। उनले यो हमलाकारीहरूलाई ुअति दक्षिणपन्थी आतंकवादीु भनेका छन्। ‘हामीमाझ खराब मान्छेहरू सधैं रहिरहन्छन् र उनीहरू यस्ता हमला जहिले पनि गर्न सक्छन् भन्ने यो घटनाले देखाएको छ,’ अस्ट्रेलियाका प्रधानमन्त्रीले मोरिसनले भनेका छन्।
 
सिरिज खेल्न न्युजिल्याण्ड गएको बंगलादेशको राष्ट्रिय क्रिकेट टोली संयोगले गोलीकाण्डबाट जोगिएको छ। शुक्रबार बिहान प्रार्थनाका लागि न्युजिल्याण्डको दक्षिणी टापूको क्रिस्टचर्च मस्जिद जान लागेका बंगलादेशी टोलीका सदस्यहरू गोलीकाण्डबाट जोगिएका हुन्। उनीहरू मस्जिद नजिकै पुग्दा गोली चलेको आवाज सुनिएको थियो। मस्जिदबाट मानिसहरू चिच्याउँदै बाहिर निस्किरहेका थिए ।
 
मस्जिदभित्र गोली चलेपछि बंगलादेशी टोलीलाई केहीबेर बसभित्र राखिएको थियो। पछि उनीहरू बसबाट झरेर भागेका थिए। त्यसपछि उनीहरू नजिकैको हाग्ली पार्कमा भेला भएका थिए। प्रहरीले यो हमला सुनियोजित भएको भन्दै आजका दिन मस्जिद नजान अपील गरेको छ।
 
त्यस्तै डबलिन र क्राइस्टचर्च बीचका सबै उडान रद्द गरिएको डबलिन विमानस्थलले जनाएको छ । क्राइस्टचर्चका मेयर लियानेर डेलजिएलले घटनाबारे बोल्दै भनेका छन्, ‘स्कुलमा भएका बच्चाहरू सुरक्षित छन्। कृपया सबै जना शान्त रहनुहोला। यस्तो अवस्थामा शान्त रहेर आफ्ना परिवार र साथीहरूसँग कुरा गर्न जरूरी हुन्छ। यो भयानक घटना हो । हामी सबै मिलेर यो समस्यासँग जुध्नुपर्छ।’ घटनापछि यो क्षेत्रका स्कुल र अस्पताल बन्द गरिएको छ ।
-एजेन्सीको सहयोगमा