मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

बोइगं ७३७ म्याक्स जहाज उड्न अमेरिकामा पनि प्रतिवन्ध

बोइगं ७३७ म्याक्स जहाज उड्न अमेरिकामा पनि प्रतिवन्ध


हिमालयखवर संवाददाता- 
अमेरिका । अन्तत अमेरिकाले पनि बोइगं ७३७ म्याक्स ८ र ९ सिरिजका जहाजको  उडान थप विवरणहरु प्राप्त नहुंदासम्म स्थगन गर्ने निर्णय गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापक दवावपछि यो जहाजको उडान स्थगन गर्नु परेको वताएका छन् ।
 
गत साता इथोपियामा म्याक्स जेट दुर्घटना पछि  यो विमानको कति सुरक्षित छ भन्ने प्रश्न उठेको थियो ।
 
इथोपिया एयरको उक्त जहाज जमिन छाडेको ६ मिनेटमै दुर्घटनामा परेको थियो । जसमा विमानका कर्मचारी सहित १५७ जनाको मृत्यु भएको थियो । पांच महिना अघि इन्डोनोसियामा पनि लायन एयरको उक्त बोइगं म्याक्स जहाज दुर्घटनामा परेको थियो । छोटो अवधिमा दुई यी सिरिजका जहाजहरु दुर्घटनामा परेपछि यसको सुरक्षाका वारेमा विभिन्न प्रश्नहरु उठेको थिए ।
 
अमेरिकाले उक्त जहाज उडान स्थगन गर्नु अघिनै विश्वका ४० भन्दा वढी देशले उक्त जहाज उडान रोकेका थिए । चीन, भारत लगायत कयौं देशले यो विमान उडन प्रतिवन्ध लगाएका छन । तर अमेरिकाले भने उडानका लागि उक्त जहाजमा कुनै समस्या नरहेको भन्दै आएको थियो । अहिलेको यो निर्णय यसको ठिक विपरित हो ।
 
अमेरिकन एयरलाइन्स, साउथ वेष्ट लगायतले मध्यम दुरीको उडानमा बोइगंको म्याक्स प्रयोग गर्दै आएका थिए । यो जहाज बोइगंले निमार्ण गरेको नयां सिरिजका हुन । इन्धन किफायती, करिव २ सय यात्रु क्षमताका यी जहाजको माग वढीरहेका वेला इथोपिया एयरको दुर्घटनाले बोइगंलाई निकै धक्का लागेको छ । बोइगंले यो विमानका लागि ४ हजार भन्दा वढीको अर्डर पाएको थियो ।
 
यो विमानको उडान स्थगित हुदां बोइगंको शेयर मूल्यमा पनि गिरावट आएको छ । न्युयोर्क स्टक एक्स्चेञ्जमा लिस्टिगं भएको बोइगंको शेयर यो साता लगातार गिरावट आईरहेको छ ।
 
बोइगंले भने यो जहाजको प्राविधिक पक्षमा कुनै शंका नहरेको दावी गर्दै उडानका लागि सुरक्षित रहेको वताउंदै आएको छ । इन्डोनेसिया र इथोपियामा यी जहाज दुर्घटना हुनुका कारणको विस्तृत अनुसन्धान भईरहेको पनि बोइगंले जनाएको छ ।