मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भरतपुर ५ को वडा कार्यालयमा शक्तिशाली बम विस्फोट, छ जना पक्राउ

भरतपुर ५ को वडा कार्यालयमा शक्तिशाली बम विस्फोट, छ जना पक्राउ


चितवन । चितवनको भरतपुर महानगरपालिका–५ कैशालनगरस्थित शान्तिचोकमा रहेको वडा कार्यालयमा मध्यराति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ । विस्फोट मध्यराति करिब १२ः१५ बजे गराइएको प्रहरीले जनाएको छ ।
 
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले विस्फोटबाट कार्यालयको झ्यालका सिसा फुटेको र विस्फोटपछिको आगजनीबाट कागजपत्र जलेर नष्ट भएको जानकारी दिए ।
 
जिल्लामा व्यापकरूपमा प्रहरी परिचालन भएकै समयमा विस्फोट भएको थियो । विस्फोट गराएको आशंकमा प्रहरीले राति नै छ युवालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकालाई अनुसन्धान सुरु गरिएको छ ।
 
घटना थाहा पाएलगत्तै महानगरको दमकल, सुरक्षाकर्मीको टोली पठाएर आगो निभाएको उनले बताए । राठौरले विप्लव निकट नेकपा माओवादीले विस्फोट गराएको अनुमान गरिएको बताए । उक्त घटनामा मानवीय क्षति भने भएको छैन । 
 
घटनामा कसैले जिम्मेवारी नलिए पनि विप्लव नेतृत्वको नेकपा माओवादीले विस्फोट गराएको आशंका गरिएको छ । विप्लवले फागुन ३० गते नेपाल बन्दको आह्वान् गरेसँगै विस्फोट गराएको अनुमान गरिएको छ ।