मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चन्द नेतृत्वको माओवादीमाथि प्रतिबन्ध

चन्द नेतृत्वको माओवादीमाथि प्रतिबन्ध


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको वर्तमान सरकारले सोही दलसँग चोइटिएर आतंक मच्चाउँदै हिँडेको नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा माओवादीलाइ प्रतिवन्ध लगाउने निर्णय गरेको छ । 
 
मंगलबार साँझ बसेको मन्त्रीपरिषदको बैठकले चन्द नेतृत्वको माओवादीका कुनै पनि राजनीतिक गतिविधिमाथि प्रतिबन्ध लगाएको हो । 
 
विप्लव समूह आपराधिक गतिविधितर्फ उन्मुख भएको निष्कर्ष निकाल्दै प्रतिबन्ध लगाउने निर्णय गरेको बताइएको छ । 
 
स्रोतका अनुसार बैठकमा गृहमन्त्री बादलले सांसद सोमप्रसाद पाण्डे नेतृत्वको वार्ता समितिले वार्तामा ल्याउन गरेको प्रयास, विप्लव समूहका पछिल्ला गतिविधि, एनसेललगायतका स्थानमा भएको बम विस्फोट र आतंकबारे व्रिफिङ गरेका थिए।
 
राज्यले वार्तामा बोलाउँदासमेत नआएपछि सरकारले अपराधिक गतिविधिमा रोक लगाउनु परेको जनाइएको छ। 
 
विप्लव समूहले आपराधिक कृयाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामाथि आक्रमण गर्ने कार्य गरेकोभन्दै सरकार आक्रामक रुपमा प्रस्तुत भएको बताइएको छ।
 
चन्द नेतृत्वको माओवादीले चन्दाका नाममा जवरजस्ती रकम संकलनलाइ तिब्रता दिएको छ । केही दिन अघि ललितपुरमा एनसेलको कार्यालयमा विष्फोटन गराउँदा एक जना निर्दोष सर्वसाधारण मारिएका छन् । ठाउँठाउँमा बम विष्फोटन पनि गर्दै आएका छन् ।