मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

राउत समूहले कानून उल्लंघन गरे ठेगान लगाउँछौँ : महान्याधिवक्ता

राउत समूहले कानून उल्लंघन गरे ठेगान लगाउँछौँ : महान्याधिवक्ता


दाङ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले उच्च सरकारी वकिल कार्यालय पीडितको अड्डा भएकाले पीडितलाई न्याय र पीडकलाई कानूनी दायरामा ल्याउने कार्यमा थप प्रभावकारी रुपमा काम गर्नेुपर्ने बताएका छन् । 
 
उच्च सरकारी वकिल कार्यालय तुलसीपुरको नयाँ कार्यालय भवनको आज उद्घाटन गर्दै उहाँले पीडितलाई न्याय दिलाउन मुद्दा गम्भीर भएर अभियोजन, अनुसन्धान भए मात्र अदालतले पीडितका पक्षमा फैसला गर्ने भएकाले तीनवटै निकायबीच प्रभावकारी समन्वय हुनुपर्ने बताए । 
 
अर्को प्रसङ्गमा महान्यायाधिवक्ता खरेलले अविभाज्य तथा अखण्ड नेपाललाई कसैले टुक्र्याउन खोजे कानूनी दायरामा ल्याइने बताए ।
 
उनले भने, “ यदि अखण्ड नेपाललाई कसैले टुक्र्याउन खोज्छ भने राज्य र अदालतले कानूनी दायरामा ल्याउँछ ।” कानून उल्लङ्घन गरे फेरि पनि उक्त समूहलाई कानूनी दायरामा ल्याइने उनले बताए ।