मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

राउतसँगको सहमति प्रस्ट पार्नुपर्छ : डा भट्टराई

राउतसँगको सहमति प्रस्ट पार्नुपर्छ : डा भट्टराई


राजविराज । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले सरकार र राउतबीच भएको ११ बुँदे सहमतिमा धेरै अस्पष्टता रहेको बताएका छन् । 
 
राजविराज विमानस्थलमा सोमबार पत्रकारहरूसँग सङ्क्षिप्त कुरा गर्दै उनले स्वतन्त्र मधेस गठबन्धनले सरकारसँग गरेको सहमतिपश्चात् पनि जनकपुरमा गरेको गतिविधिले सहमतिप्रति शङ्का गर्ने ठाउँ रहेको बताए । 
 
उनले जनकपुरमा राउतको सङ्गठनले सहमतिपछि गरेको गतिविधिले शङ्का गर्ने ठाउँ रहेको उल्लेख गरे । 
 
संविधानअनुसार स्वाधीनता, राष्ट्रिय अखण्डता र जनतामा निहीत सार्वभौमसत्तााई परिवर्तन गर्न नसकिने बताउँदै उनले भने, ‘यसमा जनमतसङ्ग्रह हुन सक्दैन ।’ 
 
पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले सरकार र राउतबीच भएको ११ बुँदे सहमतिमा धेरै अस्पष्टता रहेको बताउँदै  सरकारले प्रष्टीकरण दिनुपर्ने बताए । रासस