मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

सञ्जय थापाले न्यूयोर्कबाट गरे एनआरएनको अध्यक्षमा उम्मेदवारी घोषणा

सञ्जय थापाले न्यूयोर्कबाट गरे एनआरएनको अध्यक्षमा उम्मेदवारी घोषणा


न्यूयोर्क (अमेरिका)– एनअारएन अमेरिकाका वर्तमान वरिष्ठ उपाध्यक्ष सुनिल साहले उम्मेदवारी घोषणा गरेको भोलीपल्ट न्यूयोर्कमा सञ्जय थापाले अागामी नेतृत्वमा अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् । 
 
एनअारएन अमेरिकाको वर्तमान बोर्ड अफ डाइरेक्टर थापाले अाइतबार न्यूयोर्कमा विशेष कार्यक्रमबीच अाफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । थापाले अमेरिकामा रहेका हरेक नेपालीको समृद्धि र दोस्रो पुस्तालाइ सुन्दर भविष्य दिने अाफ्नो मुख्य एजेण्डा रहेको समेत स्पष्ट पारे । 
 
‘दुई वर्षमा धेरै कुरा गर्न नसकिने भएकाले महत्वाकांक्षी कार्यक्रम घोषणा गर्नुको अर्थ छैन,‘ उनले भने । थापाले हाम्रो एनआरएन राम्रो एनआरएन बनाउँन ठुला कुरा भन्दा पनि सानो काम गर्ने बताए ।
 
उनले भने- हामीमध्ये धेरैले खास मानेमा अमेरिका किन आएको भन्ने नै पुष्टी गर्न सकेका छैनौ। हामीमध्ये धेरैको जीवन नेपालको भन्दा पनि तल्लो स्तरको छ। यो सत्यलाई स्वीकार्नुको विकल्प हामीसँग छैन ।
 
उनले एनआरएनमा प्रत्यक्ष चुनाव हुनुपर्ने धारणा राखे र सबैले छर्लङ्गै देख्न सक्ने पारदर्शी एनआरएन हुनुपर्ने आफ्नो प्रमुख एजेण्डा रहेको बताए ।
 
उनले निर्वाचन आयोगलाई निस्पक्ष, विश्वसनीय र पारदरर्शी चुनाव गर्नका लागि केही सुझाव पनि दिए ।
 
पत्रकार र अमेरिकाको खासगरी न्युयोर्कको नेपाली डायस्पोराका अगुवाहरूको उपस्थिति रहेको उम्मेद्वारी घोषणा समारोहमा प्रवासी नेपाली मञ्चका अध्यक्ष प्रभु थापा, मञ्चका महासचिव राधाकृष्ण देउजालगायतका मञ्चका नेता एवं कार्यकर्ताहरूको पनि समारोहमा उपस्थिति रहेको थियो ।