मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

एनआरएनए अमेरिकाका बरिष्ठ उपाध्यक्ष सुनील साहद्वारा आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेद्वारी घोषणा (भिडियो सहित)

एनआरएनए अमेरिकाका बरिष्ठ उपाध्यक्ष सुनील साहद्वारा आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेद्वारी घोषणा (भिडियो सहित)


टेक्सास – गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका बरिष्ठ उपाध्यक्ष सुनिल साहले आगामी २०१९ /०२१ कार्यकालका लागि अध्यक्ष पदमा औपचारिक उम्मेदवारी घोषणा गरेका छन् । शनिवार टेक्सास राज्यको ड्यालास शहरमा एक औपचारिक उमेद्वारी घोषणा कार्यक्रमको आयोजना गरि घोषणा गरिएको हो।  
 
नौ हजार सदस्य रहेको एनआरएन अमेरिकाको आगामी अध्यक्षका लागि औपचारिक उमेद्वारी घोषणा गर्ने कार्य धमाधम भैरहेको छ। 
 
वर्तमान कार्यकाल २०१७ /०१९ को बरिष्ठ उपाध्यक्ष पदमा रहँदा नेपालीहरुको बाक्लो बसोवास रहेका अमेरिकाका बिभिन्न शहरहरुमा पुगेका उल्लेख गर्दै यो अनुभबले एनआरएनएलाई थप संस्थागत विकास र पारदर्शी बनाउन आफुमा थप बल पुगेको जानकारी गराए।  उनले आफ्ना यिनै भ्रमणका भोगाइहरु र बिभिन्न व्यक्तिहरुले एन आर एन बाट अपेक्षा गरेको आवश्यक्ताहरुलाई आफुले चुनाबी एजेण्डाको रुपमा प्रस्तुत गरि सो को सम्बोधन गर्न अध्यक्षमा उम्मेद्वार बन्न लागेको स्पष्ट पारे।
 
बर्तमान कार्यसमितीले सुरुवात गरेका राम्रा कामहरुको निरन्तरता पनि आफ्नो प्राथमिकता भएको उनले बताए।  बिद्यार्थीको रुपमा अमेरिका आएका साहले अमेरिकामा रहेका नेपाली बिद्यार्थीहरुलाई लक्षित गरि बिभिन्न कार्यक्रमको व्याख्या गरे। 
 
अमेरिकामा रहेका अन्य मुलुकका गैर आवासीय संस्थाहरुसँग समेत समन्वय गर्ने आफ्नो कार्य योजना उनले बताए। साथै अध्यागमन समस्या समाधानका लागी पहल, अमेरिकामा रहेका नेपाली संघसंस्थाहरु सँगको सहकार्य सँगै नेपाली सामुदायिक केन्द्रहरु स्थापनाका लागी पनि आफुले योजना बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएका साहले दोहोरो नागरिकता लगायतका बिषयमा भइरहेका पहललाई आफुले थप जोड दिने बताए।
 
उक्त घोषणा सभा कार्यक्रममा  ज्ञानेन्द्र कार्की, प्रेम पाण्डे, बिजयराज भट्टराई, देबराज न्यौपाने, शैलेस आचार्य, सन्तोष बिष्ट, पासाङ लामा, उमा कार्की, कमला अधिकारी , संगीत रौनियार, बिकास उप्रेती, सुमन थापा, हरिबोल भण्डारी, सिपी पौडेल, बादल भुजेल लगायतले साहलाई जितका लागी शुभकामना दिएका थिए। ओम भट्टराईले कार्यक्रमको संचालन गरेका थिए।  
 
कार्यक्रमको अन्तमा सहभागी संचारकर्मी विकासराज न्यौपाने, गोकुल ढकाल,  सुर्य थापा, सुरज भण्डारी, शेर केसी,किशन रेग्मी लगायतले सोधेका प्रश्नहरुको साहले जवाफ दिएका थिए।आगामी जुन महिनाको पहिलो हप्तातिर हुने अनुमान गरिएको एनआरएन अमेरिकाको निर्वाचनमा बिभिन्न पदका आकांक्षीहरुले उम्मेद्वारी घोषणा गरिरहेका छन्।