मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

लसएन्जल्समा बिद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँग अन्तरक्रिया कार्यक्रम हुँदै

लसएन्जल्समा बिद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँग अन्तरक्रिया कार्यक्रम हुँदै


लसएन्जलस (अमेरिका)-नेपालमा लामो समय देखि ठुलो समस्याको रूपमा रहँदै आएको लोडसेडीङ्ग अन्त्य गरेर नेपाली हिरोको रूपमा चर्चित बिद्युत प्राधिकरणका प्रबन्ध निर्देशक  कुलमान घिसिङ यतिखेर अमेरिकाको भ्रमणमा छन् ।
 
यसै सन्दर्भमा लसएन्जल्समा रहेको नेपाल अमेरिका एकता समाज र एनआरएन क्यालिफोर्निया च्याप्टर र मधेसी एशोसियसन  क्यालिफोर्निया च्याप्टर  र तामाङ सोसाइटी अफ लसएन्जल्स क्यालिफोर्नियाको च्याप्टरको संयुक्त आयोजनामा घिसिंगसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम राखिएको छ ।
 
यहि मार्च १३, २०१९ बुधवार दिउँसो १२ बजे देखी २ बजे सम्म आर्टेशिया स्थित Nanking Indo-Chinese Restaurant,18349 Pioneer Blvd artesia,CA मा कार्यक्रम हुने भएको छ ।
 
उक्त भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सहभागिताको लागि नेपाली समुदायले अपिल गरेको छ ।