मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जनताले परिवर्तनको अनुभूति गर्न पाएनन् : अध्यक्ष थापा

जनताले परिवर्तनको अनुभूति गर्न पाएनन् : अध्यक्ष थापा


भीमदत्तनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनताले परिर्वतनको अनुभूति गर्न नपाएको बताएका छन् ।
 
कञ्चनपुरको भीमदत्तनगरमा मिडिया नेपालले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले जनस्तरमा सुधार नभएसम्म जनताले राजनीतिक परिवर्तनको अनुभूति गर्न नसक्ने धारणा राखे । 
 
उनले जनभावनाअनुसार काम गर्न सरकारसित आग्रह गर्दै राष्ट्र विखण्डनको विषय कदापी स्वीकार्य नहुने बताए । लोकतन्त्रको आवरणमा लुटतन्त्र कायम रहेको अध्यक्ष थापाको आरोप थियो । रासस