मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

बुद्धि भरिदाको अवस्थामा आध्यात्मको यात्रा

बुद्धि भरिदाको अवस्थामा आध्यात्मको यात्रा


मेरो यसपाली ड्यालस  टेक्सासको भ्रमण नितान्त आध्यात्मिक र पारिवारिक भेटघाटमा वित्यो। देवीजीले सदामmै म गएको अवस्थामा एऊटा कार्यक्रमको आयोजना गरौ भन्ने प्रस्ताव राख्नु भएको थियो। तर मैले त्यसो नगरौ भने। किनकि रक्षा अधिकारीले केलरबाट मेनुका र मलाई आऊनु भनेर बोलाएकी थिईन। रक्षाले भन्थीन  ैप्रभु अर्थात दैविकशक्तिबाट तपाईहरुलाई बोलाएर हिलिंग गर्नु भन्ने मेसेज छ। यस्तो मेसेज अहिलेसम्म मेरो आमा, बाबा, भाई, र अन्य नजीकका नातेदारहरु कसैलाई आएको छैन। तपाईहरुनै नजीकको पहिलो मान्छे पर्नुहुन्छ।” 
 
रक्षाकी आमा रेखा भाऊजु र मेनुका साथी हुन। रक्षाका पिता खगेन्द्रजी मेरा कानुन व्यवसायी मित्र हुनहुन्छ जो हाल सर्बोच्च अदालत बारका अध्यक्ष हुन। र ऊहालेनै मेरो विवाह मेनुकासंग गराई दिनु भएको थियो २०४१ सालको वैशाखमा। भाउजु टेक्सासमै हुनुहुन्छ।्् खगेन्द्रजीभने नेपाल फर्किनु भो।
 
जानु भन्दा अगाडी नै रक्षाले आफुमा प्रभुको कृपा हुने गरेको छ। प्रभुले मेनुका र अंकललाई बोलाऊ भन्ने मेसेज दिनु भएको छ भनेर रक्षाको आमाले पनि भन्नु भो। कुराकानीकै क्रममा के पनि बुमिmयो भने रक्षाको ध्यान।पुजा कोठामा परिवारका सदस्यहरु अहिलेसम्म पस्नु भएको रहेनछ। यसै बेला मेनुकाको करिब ९ दिनको छुटिृ भएको हुदा छोरा डा.अभिषेक भएको ठाऊ ओरलेण्डो जाने भन्ने थियो। तर छोराको अन्तै जानुपर्ने भएकोले गर्दा अर्को विकल्पको ठाऊ खोज्दै थिईन। ऊन्को छुटिृमा मेरो अदालतमा रहको मुद्दामा जानु परेको कारणले गर्दा केवल ५ दिन मात्र विताउन सक्छु। तर कहा जाने हो ठाऊ तिमिनै तय गर भनेको थिए। किनकि पछि छृटिृको समय राम्ररी बितेन भने त्यस्को दोष म लिन चाहन्नथे। उन्को मन डालास जाने कि नजाने भन्नेमा घुम्दै थियो। मेरो मनभने डालासै जानेमा थियो। तर मैले भनेको थिईन। मलाई लागेको थियो मक्कै पनि प्रभुले मलाई रक्षा मार्फत केही उपहार दिनेवाल हुनुहुन्छ। किनकि मलाई प्रभुले यसरीनै पथप्रर्दशक पठाईदिनु भएको छ जब जब ममा आध्यात्मिक यात्राको क्रममा जिज्ञासा ऊठदथे ।  
 
रक्षाको फोन आई रहयो। ऊन्ले मेनुकालाई भन्दै थिईन। आन्टी अंकलको आऊने मन छ तर तपाईलेनै दोमन गरि रहनु भएको छ। तपाईलाई धेरै स्ट्र्ेस छ। र प्रभुले बोलाऊ भन्नु भएको हुदा नै मैले आऊनु भनेकी हु। मैले केही भनिन। किनकि म यो विदाको सदुपयोग मेनुकाकै ईच्छाल ेहोस भन्ने चाहान्थे। मैले एकदिन सोधे कहा जाने निर्णय गरयौ? चाडो भन। नत्र टिकट महंगो हुन्छ। जवाफमा उन्ले भनिन डालास जाने। अनि मैले खुसिहुदै टिकट काटे। फरक फरक मितिका।
 
मेनुका म भन्दा ३ दिन अगाडी नै डालास गईन। त्यहा गएर ऊन्ले रक्षाबाट पाएको न्यानोपन, हिलिंग, र रक्षाको दिनचर्याले उन्लाई धेरै प्रभाब पारेको कुरा बताऊथिन। रक्षा आफनो श्रीमान सविन र छोरासंग बस्छीन। भाउजु भने छोराबुहारीसंग बस्नुहुदो रहेछ। मेनुका बाहिर घुम्नुपर्ने, फोटो खिच्नुपर्ने मान्छ्े घरमै बस्दा पनि आनन्दीत भएको अनुभव सुनाऊन थालिन। भाउजुसंग गफिनु सटृा रक्षासंगै उठबस हुने। अनि ऊन्का कुरा सुनीरहु मmै लाग्ने भनिन। मलाई लाग्यो मेनुकाले बल्ल स्ट्र्ेस मेटाऊनलाई मद्दत गर्ने मान्छे भेटिन।
 
म मुद्दा सकेर १३ फेबु्रअरी २०१९ रातीको फलाईटबाट डालास गए। मेनुका रक्षाकै घरमा बसेकी थिईन। म अबेर गरेर त्यहा पुगेकोहुदा भोलीपल्ट सामm रक्षाले मलाई उन्को हिलिंग रुपमा लगिन। र आफनो आसनमा बसीन। म उन्को अगाडी बसे। र मैले लगेका केही धार्मिक कितावहरु दिए। ऊन्को सानो कोठामा कुण्डलीनी चक्र अंकित पोष्टर भित्तामा टागिएको छ। सेता, काला, र अन्य रंगका चम्कीला ढुंगांहरु, धुप, सुगन्धित तेलहरु, सानो गिता, कुरान, र अन्य किताव। भित्तामा ऊन्का र सविनका ग्य्राजुयट  डिग्री र अन्य प्रमाणपत्र। रिंगिगवेल। हिमालय सल्टको बत्ती।, डिस्पेन्सर। अनि सोल, माईण्ड,र बडी लेखिएको बोर्ड। आदि। ऊन्ले मलाई भनिन अंकल तपाईको माइण्डमा डर छ। मैले भने अह छैन। किनकि मैले विपाश्ना लगायतका ध्यानहरु १९९४ देखिनै गर्न थालेको हु।त्यसपछि सनातनीय पद्दती, चक्रसाधना, साई मण्डली लगायतका अन्य धार्मिक सम्प्रदायसंग जोडिएको छु। धेरै गुरुहरुको आर्शिवाद पाएको छु। धार्मिक शास्त्र र लेखहरु पढ्ेका छु। युट्युव र सामाजिक संजालमा पोष्ट गरिएका आध्यात्मिक प्रवचन र साहित्य प्राय छुटाएको छैन। म शरिर होईन। आत्मा हु। मृत्यु शरिरको हुन्छ आत्माको हुदैन। प्रत्येक घटनालाई समतामा रहेर वा साक्षीभावले हेर्नु पर्दछ भन्ने तथ्य म राम्ररी बुमmद्छु। आदि। अर्थात अनायासै मैले आफनो अन्तरमनमा रहेको अंकलको अहंमपन निकाले।
 
मैले त्यसपछि रक्षालाई सोधे तिम्रो गुरु को हो नि? जवाफमा भनिन मेरो गुरु युनिर्भस अर्थात प्रभु हुनुहुन्छ।ृमलाई प्रभुले धेरै लामो समयदेखि घचघच्याई रहनु भएको रहेछ। तर मैले त्यस्को अर्थ बुमिm रहेकी थिईन। २०१८ को सुरुवातमा म एवेकन भए। अर्थात ईन्लाईटेण्ट भएको महसुस गरे। त्यो दैवीशत्ता वा युनिभर्सलेनै मलाई के गर्ने वा नगर्ने भनेर मेसेज दिनुहुन्छ। ऊनी यस्तै अरु धेरै प्रसंगहरु मलाई सुनाऊदै गैरहेकी थिईन। मैले ऊन्लाई भने रक्षा तिमिले भनेका कुराहरु त कृष्ण, बुद्ध, महाविर, रामकृष्ण, विवेकानन्द, पं.श्रीराम शर्मा, महर्षि रमण, साई, परमहंश योगानन्द, रजनिश, जे.मुर्ती, सदगुरु,आदिले भनेका कुरासंग मिल्छन। मैले पनि पढ्ेको् छु। तिमिले पनि त पढेकी हौली नि? रक्षाले भनिन अंकल मैले त तपाईले पढमmै पढेकी छुईन। मैले कुरा गर्दाखेरी अरुले पनि यो त फलानाले भने्को छ वा यो फलानो कितावमा लेखिएको छ भन्छन। तर अंकल कुरा के भने प्रभुको सत्ता सर्वत्र छ। अनि तपाई त्यो सत्तासंग जोडिनु भयो भने तपाई पनि त्यही बोल्नु वा अनुभव गर्नुहुन्छ जुन अरुले गरे वा गर्दछन। त्यसैले म प्रभुसंग जोडिएकी हुदा मलाई कुनै गुरु वा शास्त्रको आवस्यकता पदैैन। ऊन्ले यसरी भन्न थालेपछि म रक्षासंग बग्न थाले मानौ म पनि ऊनीसंग त्यो सत्तासंग जोडिए। त्यसपछि उन्ले मलाई आफना धेरै अन्तरंगहरु बाडिन। मैले पनि बाडे। मेरा हर्षका आशु बहे ऊन्का हर्षका आशुसंगै। सायद रक्षालाई लाग्यो ऊन्ले आफुलाई गहिराईसम्म बुमmने एऊटा साधक पाएकी छन। यहा हाम्रा लय र ताल मिलेका थिए। अब म रक्षासंग हिलिंग, ध्यान, अनि त्यो डिभाईन ईनर्जीसंग कसरी जोडिने भन्ने बिषयमा जानकारी पाऊन अझ बढी उत्सुक भए।
 
रक्षाले भनिन अंकल ध्यान र शास्त्रले डिभाईन ईनर्जीसंग जोडाऊदैनन। यीनले त केवल व्यक्तिलाई प्रभुको सत्तालाई अनुभुति गर्ने बातावरणसम्म तयार गरिदिन्छन। त्यसैले अब यो ध्यान र सास्त्रसंगै तपाईले प्रभुको सत्ताको अनुभव गर्ने। अनि प्रभुबाट संदेश पाऊने अभ्यास पनि थाल्नु पर्छ। मैले उन्लाई सोधे तिम्रो यो सोल, माईण्ड, र बडीको कन्सेप्ट के हो? तिमि के गर्दछेऊ? रक्षाले भनिन अल्कालाईन खाना खाने, लाईट व्यायाम गर्ने, अनि माइण्डमा रहेको डरलाई हटाऊने। यो डर हटाऊन र प्रभुको सत्तामा जोडिनका लागि गाईडेड मेडिटेशन गराऊछु। व्यक्तिका कमजोड भएका चक्रहरुलाई हिलिंग र ईनरजाईज गर्छु। आवस्यकता अनुसार स्टोनहरुको प्रयोग पनि गर्ने गर्छु। मेरो मद्दतको आवस्यकता पर्ने र सम्पर्कमा आऊनेलाई डिस्टेन्स हिलिंग पनि गर्ने गर्दछु। म अमेरीकामा लाईटवर्करहरुको नेटवर्कमा पनि छु।  र यो टेक्सानको केलर डिष्ट्र्क्टि एजुकेशन वोर्डलाई मेरो यो सोल, माईण्ड, र बडी प्रोग्राम स्कुलका बच्चाहरुबाट सुरु गर्न देऊ भनि प्रस्थाव राखेकी छु। र छलफल पनि हुदैछ। किनकि तयारी गर्ने भनेको केटाकेटी अवस्थादेखि नै हो। सायद मेरो यो प्रस्ताव स्विकृत हुन्छ होला। अनि डलासमा २ मार्चमा हुन गै रहेको फस्ट वमेन ईन्टरप्रिनरशिप एण्ड लिडठरशिप प्रोग्राममा सोल, माईण्ड, वडीको बिषयमा पहिलो पटक नेपाली समुदायका बिचमा आफनो धारणा राख्दैछु। मैले ऊन्लाई भने छोरी तिमिले राम्रो प्रस्तुती दिनेछेऊ किनकि ईश्वर तिम्र्रो साथमा हुनुहुन्छ। बाकी अर्को लेखमा।