मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बोनम्यारोपीडित बालिकाको उपचारमा सहयोग

बोनम्यारोपीडित बालिकाको उपचारमा सहयोग


भरतपुर । नेपाल दशनामी समाज कतारले बोनम्यारोपीडित बालिकालाई उपचारमा सहयोग गरेको छ ।
 
तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं ८ निवासी १६ वर्षीया बालिका विनिता अधिकारीलाई २० हजार रुपैयाँ सहयोग गरिएको हो । 
 
दशनामी समाज कतारका संयोजक भीमलाल पुरीको संयोजनमा संकलित रकम दशनामी समाज चितवनद्वारा उपचारार्थ बालिकाको बुबा विष्णु गिरीलाई हस्तान्तरण गरिएको छ । 
 
छोरीको उपचारको लागि दशनामी समाजले देखाएको मानवताप्रति खुसी प्रकट गर्दै बालिकाको बाबुले यसरी नै अन्य सहयोगी महानुभावले पनि छोरीको उपचारमा सहयोग गर्नेमा आशावादी रहेका छन् । 
 
कक्षा ९ मा अध्ययनरत विनिताको विगत नौ महिनादेखि सिभिल हस्पिटल काठमाडौँमा उपचार भइरहेको छ । 
 
शुक्रबार रकम हस्तान्तरण कार्यक्रममा नेपाल दशनामी समाज चितवनका अध्यक्ष  जीवलाल पुरी, उपाध्यक्ष हिम्मत पुरी, शिवराज गिरीलगायतले पीडित बालिकाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सबै सहृदयी महानुभावलाई सहयोग गरिदिन आह्वान् गरेका थिए ।