मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

भरतपुर अस्पताललाई भाडा दिन अटेरी गर्दै पुरानो मेडिकल कलेज

भरतपुर अस्पताललाई भाडा दिन अटेरी गर्दै पुरानो मेडिकल कलेज


भरतपुर । जग्गा भाडामा लिएर भाडा तिर्न अटेरी गर्दै आएको कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज)लाई भरतपुर अस्पतालले भाडा असुलीका लागि स्वास्थ्य मन्त्रालयलाई निरन्तर दबाब दिइरहेको छ । 
 
महालेखा परीक्षकको कार्यालयले नै हालसम्म दुई करोड २१ लाख ४६ हजार ५१० रूपैयाँ भरतपुर अस्पतालले पाउनुपर्ने भनी औँल्याए पनि सो कलेजले ले दुई वर्षको मात्रै भाडा दिने बताएको छ । 
 
मेडिकल कलेजले प्रयोग गरेको नौ विगाह जग्गाको गत वर्षको बाँकी १८ लाख ३५ हजार ६५५ रूपैयाँ र यसवर्षको बाँकी ६२ लाख ४० हजार रूपैयाँमात्रै दिन सहमत भएको हो । 
 
भरतपुर अस्पतालका अनुसार दुई वर्षको नियमित जग्गा भाडा ८० लाख ७५ हजार ६५५ रूपैयाँ एक महिनाभित्र दिन स्वीकार गरेको भरतपुर अस्पतालको भनाइ छ । 
 
अझै एक करोड ४० लाख ७० हजार ८५५ रूपैयाँ भाडा बुझाउन मेडिकल कलेजले आनाकानी गरिरहेको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले बताए । 
 
भरतपुर अस्पतालका अनुसार महालेखा परीक्षकबाट आव २०७२/०७३ मा लेखापरीक्षण हुँदा औँल्याएको भाडा वृद्धिबापत्को ६७ लाख ७८ हजार ५० रूपैयाँ, आव २०७३/०७४ मा लेखापरीक्षण हुँदा औँल्याएको एक प्रतिशत लिजबापत्को ५६ लाख २५ हजार रूपैयाँ र आव ०७३/७४ मै लेखापरीक्षण हुँदा औँल्याएको १० प्रतिशत भाडा वृद्धिबापत्को १६ लाख ६७ हजार ८०५ रूपैयाँ असुल गर्न बाँकी रहेको छ । 
 
जग्गा भाडामा लिने–दिने विषयमा भएको सम्झौताअनुसार पुरानो मेडिकल कलेजले भरतपुर अस्पताललाई प्रतिमहिनाको एक लाख रूपैयाँका दरले वार्षिक १२ लाख रूपैयाँ र प्रत्येक वर्ष उक्त रकमको १० प्रतिशतका दरले थप शुल्क दिने भनी सहमति भएको अस्पतालले बताएको छ ।