मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

क्रिकेट बोर्ड नहुँदा समस्या भयो : पारस खड्का

क्रिकेट बोर्ड नहुँदा समस्या भयो : पारस खड्का


हेटौँडा । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले क्रिकेट खेलाडीहरुको लागि क्रिकेट बोर्ड नहु“दा समस्या भएको बताएका छन् । कप्तान खड्काले क्रिकेट बोर्ड नहु“दा मैदानभित्र नभई मैदान बाहिर पनि निरन्तर संघर्ष गर्नुपरेको बताएका छन् । 
 
उनले भने ‘नेपालमा हाम्रो अभिभावक छैन अन फिल्डमा पनि लड्छौँ, अफ फिल्डमा पनि लड्छौँ ।’  खड्काले नेपालको घरेलु लिग टी–२० मात्रै हु“दा दीर्घकालीनरुपमा असर परे पनि क्रिकेटको क्रेज बढाउन महत्वपूर्ण हुने बताएका छन् ।  
 
मकवानपुरका पूर्व कप्तान निरज श्रेष्ठको कुरा जोड्दै खड्काले एउटा क्रिकेट खेलाडीलाई अफ्ठयारो पर्दा अर्को खेलाडी चुप लागेर नबस्ने भन्दै सहयोगको लागि सबैलाई आग्रहसमेत गरेका छन् । 
 
उनले मकवानपुरमा माथिल्लोस्तरको क्रिकेट पहिलोचोटी आयोजना भएको भन्दै मकवानपुरमा क्रिकेटको क्रेज देखिनेसमेत बताएका छन् । नेपाली क्रिकेट टोलीको अधिकांश खेलाडीले पहिलोचोटी हेटौँडाको मैदानमा उत्रन लागेका हुन् ।
 
मकवानपुर क्रिकेट संघ र मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा शुक्रबार राष्ट्रिय टोलीको पारस–११ र मकवानपुर ११ बीच हुने च्यारिटी खेल हुन लागेको हो । खेलबाट उठेको रकमले मकवानपुर क्रिकेट क्लबका पूर्वकप्तान निरज श्रेष्ठको उपचारमा सहयोग पु¥याउने आयोजकले जानकारी दिएको छ ।