मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

विनोद चौधरी विश्वका धनीहरुको सुचीमा १३४९ औं स्थानमा

विनोद चौधरी विश्वका धनीहरुको सुचीमा १३४९ औं स्थानमा


हिमालयखवर संवाददाता-
अमेरिका । विश्वका अर्बपतीको सूची सार्वजनिक गर्ने फोर्ब्स म्यागेजिनमा नेपालका विनोद चौधरी धनीहरुको १३४९ औ स्थानमा परेका छन् । उनको विभिन्न व्यवसायवाट कुल सम्पत्ति १ अर्ब ७० करोड अमेरिकी डलर रहेको उल्लेख छ ।
 
वाईवाई चाउचाउ, विभिन्न देशमा रहेका होटल लगायतवाट विनोदले पैसा आर्जन रहेको उक्त म्यागेजिन जनाएको छ । ६३ बर्षिय चौधरी सन् २०१३ देखि फोब्र्सको सुचीमा रहँदै आएका छन् ।
 
विश्वका धनीहरुको सन् २०१९ को उक्त सुचीमा पहिलो नम्बरमा अनलाइन कारोबारी एमाजनका प्रमुख जेफ बेजोस छन् । उनको सम्पत्ति १ खर्ब ३१ अर्ब अमेरिकी डलर रहेको उल्लेख छ । 
 
एमाजनको कारोबारसँगै शेयर मूल्य बृद्धिले जेफको सम्पत्ति अकासिएको हो । एमाजोनले सन् १८ मा २३० अर्ब डलरको कारोवार गरेको थियो । केही महिना अघि जेफको सम्वन्ध विच्छेद भएको थियो । एक जना टिभी प्रस्तोतासँग उनको सम्वन्ध रहेको सार्वजनिक भएपछि जेफको पारिवारिक समस्या शुरु भएको थियो । सम्वन्ध विच्छेद उनका लागि कति महंगो पर्छ यो सार्वजनिक भईसकेको छैन ।
 
माइक्रोसफ्ट कम्पनीका सस्थापक तथा लामो समय विश्वका सवैभन्दा धनी रहेका विल गेट्स दोस्रो नम्बरमा छन् । उनको सम्पत्ति ९६ अर्ब ५० करोड डलर छ । तेस्रोमा शेयर कारोबारी वारेन बफेटको नाम छ ।
 
मेक्सिकोका कार्लोस स्लिम ६४ अर्ब डलर सम्पत्तिका साथ पाँचौं स्थानमा छन् ।
 
यी तीनै जना अमेरिकी नागरिक हुन् । फेसबुकका मालिक मार्क जुकरर्बग ६२ अर्ब ३० करोड सम्पत्तिका साथ आठौं स्थानमा छन् ।
 
यो सुचीमा भारतका मुकेश आब्वानी १३ औं नम्बरमा छन्  । उनको सम्पत्ति ५० अर्ब अमेरिकी डलर रहेको उल्लेख छ  ।
 
नेपालमा जन्मिएर भारतमा कार्यथलो बनाएका आचार्य बालकृष्ण झण्डै ५ अर्ब डलर सम्पत्तिका साथ ३६५ औं स्थानमा रहेका छन् ।
 
फोर्ब्सले २१५३ अर्बपति उक्त सुचीमा समावेश गरेको छ । यो अघिल्लो बर्षको भन्दा ५५ जनाले कम  हो । मुख्य रुपमा चीनमा धनीको संख्या कम भएको हो । यी धनी मध्ये ४६ प्रतिशतको सम्पत्ति घटेको छ । यी सवैभन्दा धनी मध्ये ६ सय ७ जना अमेरिकी छन् । १९५ जना यो बर्ष नयाँ थपिएका हुन् ।
 
तस्बिर: सामाजिक संजाल