मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकाको ड्यालसमा पनि भव्य शिवरात्री (भिडियो सहित)

अमेरिकाको ड्यालसमा पनि भव्य शिवरात्री (भिडियो सहित)


हिमालयखबर संबाददादा-
ड्यालस (टेक्सस)  । यसवर्षको महाशिवरात्री पर्वका अवसरमा सोमबार ड्यालसको पशुपतिनाथ तथा बुद्ध मन्दिरमा एकहजारको हाराहारीमा नेपालीहरुले सहभागिता जनाएका छन् । 
 
सोमबार बिहानैदेखि मन्दिरमा भीड लागेको मन्दिरका मुल पुरोहित डा. शेखर पण्डितले जानकारी दिए । ड्यालसको एकमात्र नेपाली मन्दिरमा बिहानदेखिनै लागेको भक्तजनकहरुको भीड रातिसम्म थियो । साँझमा विशेष पूजा अर्चना गरिएको थियो ।
 
नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रका अध्यक्ष सुरेशचन्द्र पोखरेलका अनुसार शिवरात्रीमा भक्तजनहरुको यति उल्लासपूर्ण सहभागिता यस अघि कमै देखिएको थियो । 
 
नयाँ मन्दिर बनेपछि नेपाली चाडपर्वहरु अझै भव्यताका साथ मनाउन सहज हुने पोखरेलले बताए ।