मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

‘राष्ट्र विखण्डन गर्ने समूह देखापर्नु दुःखद’

‘राष्ट्र विखण्डन गर्ने समूह देखापर्नु दुःखद’


हेटौँडा । राप्रपाका अध्यक्ष कमल थापाले मुलुकमा लोकतन्त्रको पुनस्र्थापना गरेर जनतालाई अधिकार सम्पन्न बनाउन आन्दोलन सफल भए पनि विखण्डन गर्ने समूह देखापर्नु अत्यन्तै दुःखद भएको बताएका छन् । 
 
राप्रपा केन्द्रीय समितिद्वारा आयोजित मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राअन्तर्गत ३ नं प्रदेशको मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताद्वारा निर्वाचित दुई तिहाइ बहुमतको सरकारले मुलुकलाई विखण्डन गर्ने
 
समूहले तराईमा आफ्ना क्रियाकलाप सञ्चालन गर्दा पनि मुकदर्शक भएर बस्न नहुने धारणा व्यक्त गरे । उनले सरकारले संवैधानिक प्रक्रियाअनुसार ती समूहलाई कार्वाही अगाडि बढाउन आग्रह गरे । 
 
उनले ती समूहलाई कार्वाही गर्दा नेपाली जनताले वर्तमान सरकारलाई दरिलो साथ दिने उल्लेख गरे । अध्यक्ष थापाले राष्ट्रमा दिगो शान्ति प्रक्रियालाई धरापमा पार्ने विप्लव नेतृत्वको नेकपाका तर्फबाट अहिले देखिएका हिंसात्मक गतिविधिलाई नियन्त्रण गर्न नसके ठूलो दुर्घटना हुने सम्भावना बढेकाले सरकार र राजनीतिक दलको नेतृत्वले नयाँ ढङ्गबाट निकास लिनुपर्ने धारणा व्यक्त गरे । 
 
सो अवसरमा राप्रपाका वरिष्ठ नेता बुद्धिमान तामाङ, राप्रपाका महामन्त्री राजेन्द्र लिङदेन, मकवानपुरका अध्यक्ष मधु अधिकारी, केन्द्रीय सदस्य दीपक सिंह र सहमहामन्त्री राजाराम बर्तौलाले बाह्य शक्तिको चलखेल र देश विखण्डन गर्ने समूहलाई नियन्त्रण गर्न सरकारले छिट्टै अग्रसर हुनुपर्नेमा जोड दिए ।