देश

‘वार्ताबाट भारत–पाकिस्तान तनाव अन्त्य हुनुपर्छ’

61 पटक पढिएको

28th Feb 2019, Thursday | २०७५ फाल्गुन १६, बिहीवार ०६:२४
काठमाडौं । सरकारले भारत र पाकिस्तानबीचको तनाब वार्ताका माध्यमबाट हुनुपर्नेमा जोड दिएको छ । 
 
यही फागुन २ गते जम्मुकाश्मिर राज्यको पुलवामा सुरक्षाफौजमाथि भएको आतङ्कवादी आक्रमणपछि भारत र पाकिस्तानबीच बढेको तनावले नेपाल सरकारलाई चिन्तित तुल्याएको बताउँदै परराष्ट्र मन्त्रालयले शान्तिपूर्ण माध्यमबाट परिस्थितिलाई सामान्य बनाउन आग्रह गरेको छ । 
 
दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० को अध्यक्षका नाताले नेपाल दक्षिण एशियामा शान्ति र स्थायित्व कायम हुनुपर्छ भन्नेमा दृढ रहेको उल्लेख गर्दै उक्त मन्त्रालयले जारी गरेको वक्तव्यमा दुवै पक्षलाई अत्यधिक संयमित हुन आग्रह गरेको छ । 
 
दक्षिण एशियाको शान्ति र सुरक्षामा जोखिम हुने कुनै किसिमका गतिविधिमा संलग्न नहुन पनि सरकारले भारत र पाकिस्तानसँग अनुरोध गरेको छ । फागुन २ गतेको आतङ्कवादी आक्रमणको नेपाल सरकारले कडा शब्दमा निन्दा गरेको थियो । रासस